नवलपुरमा जिल्ला भेला

नवलपुर । गण्डकी प्रदेशकाे नवलपुर जिल्लामा रक्तिम सांस्कृतिक अभियानकाे जिल्ला भेला सम्पन्न भएकाे छ । “राष्ट्रियता र नौलो जनवादी क्रान्तिको पक्षमा हाम्रो आन्दोलन जनबादी संस्कृतीको निर्माण र बिकाशका लागी प्रथम जिल्ला सम्मेलन” भन्ने मुलनाराका साथ रक्तिम सांस्कृतिक अभियान नवलपुर जिल्लाकाे दाेस्राे भेला शनिबार जिल्ला अध्यक्ष भक्तबहादुर उचैको अध्यक्षतामा सम्पन्न भयाे । केन्द्रिय सचिव दलबहादुर विककाे प्रमूख आतिथ्यता रहेकाे उक्त सम्मेलनमा जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डे , वामपंथी नेताहरू भागिरथ भट्टराइ, रामप्रसाद , चनद्र सापकाेटा अादिले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

सम्मेलनकाे बन्दसत्रमा जिल्ला भरका बिभिन्न स्थानबाट आएका प्रतिनिधि तथा प्रबेक्षक हरूकाे व्यापक सहभागिता रहेकाे थियाे । बन्दसत्रले भक्तबहादुर उचैकाे अध्यक्षतामा नौ सदस्यीय कार्यसमितिको चयन गरेको छ । साे जिल्ला समितिकाे उपाध्यक्ष, सचिब, सहसचिव , कोषाध्यक्ष र अन्य सदस्यहरुमा कम्रशः कमला क्षत्री , कृष्ण गिरी, पुष्पा न्याैपाने रहनुभएकाे छ । सल्लाहकार हरूमा डमर भण्डारी, कला राइ, अादि रहनु भएकाे छ ।

IME Remittance