कास्की/ पाेखरा । “राष्ट्रियता र नौलो जनवादी क्रान्तिको पक्षमा हाम्रो आन्दोलन जनबादी संस्कृतीको निर्माण र बिकाशका लागी प्रथम जिल्ला सम्मेलन” भन्ने मुलनाराका साथ रक्तिम सांस्कृतिक अभियान जिल्ला समिती कास्कीको प्रथम सम्मेलन शनिबार जिल्ला अध्यक्ष विमल पाण्डेको अध्यक्षतामा सम्पन्न भयाे । केन्द्रिय कोषाध्यक्ष भरत श्रेष्ठको प्रमूख आतिथ्यता रहेकाे उक्त सम्मेलनमा बाेल्दै प्रमुख अतिथि श्रेष्ठले बुर्जुवा सस्कृतिको बिरूद्ध संघर्ष गर्दै सर्बहारा सास्कृतिक चेतना जगाउनु रक्तिम सांस्कृतिक अभियानको मुख्य दायित्व भएको बताउनु भयाे । सबै जनतालाई प्रगतिशील गित सङ्गीत तथा साहित्य तर्फ ध्यान दिन समेत वहाँले आग्रह गर्नुभयो । कार्यक्रममा साहित्य श्रृङ्खला पोखराका अध्यक्ष लोकनाथ पुडासैनी। राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रबिमोहन ढकाल , सङ्गम सास्कृतिक मंन्चका सचिब बिकास लुङ्गेली , अखिल नेपाल बृद्दिजिबी संघका जिल्ला अध्यक्ष प्रबिण पौडेल, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष बिक्रम थापा , अखिल (छैठौं)का जिल्ला अध्यक्ष दानु सारु, ने क पा मसाल कास्कीका प्रबक्ता चन्द्र ब केसी , अखिल नेपाल महिला संघ का जिल्ला उपाध्यक्ष जमुना केसी , अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला अध्यक्ष मोहन थापा, प्रध्यापक डाक्टर अर्जुन प्रसाद बाँस्तोला, अखिल नेपाल राष्ट्रिय ऊधोग ब्यापार संघका जिल्ला अध्यक्ष सन्तोष पौडेल , राष्ट्रिय जनमोर्चा पोखरा महानगरपालिका का अध्यक्ष बिष्णु पुरी लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको स्वागत रक्तिम कास्कीका सदस्य प्रेम विक र सन्चालन सचिब दिपा थापाले गर्नु भएको थियो।
सम्मेलनकाे बन्दसत्रमा जिल्ला भरका बिभिन्न स्थानबाट आएका प्रतिनिधि तथा प्रबेक्षक हरूकाे व्यापक सहभागिता रहेकाे थियाे । बन्दसत्रले विमल पाण्डेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमितिको चयन गरेको छ । साे जिल्ला समितिकाे उपाध्यक्ष, सचिब, सहसचिव , कोषाध्यक्ष र अन्य सदस्यहरुमा कम्रशः प्रेम बि क , दिपा थापा, सुजन थापा , दिलेन्द्र बुढा , धनमाया बुढाथोकी, मुना बुढाथोकी, लुना बराल र युमाया थापा रहनुभएको छ । सम्मेलनले २२ सदस्यीय जिल्ला सांस्कृतिक सभाकाे पनि गठन गरेकाे छ । सम्मेलन भब्य एवम् एेतिहासिक रुपमा सम्पन्न भएकाे कुरा सचिव दीपा थापाले बताउनु भयाे ।