उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो : के-के खुल्छ?

काठमाडौं : कोरोना संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले असार छ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।

बिहान ७ बजेबाट रेष्टुरेन्टको ‘टेक–अवे’ सेवा खुल्ला

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गर्दै मोडालिटी पनि परिवर्तन गरेका छन् ।​  ​आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको छ ।निषेधाज्ञाबारे निर्णय लिने बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।

खाद्यान्न र डिपार्टमेन्ट स्टोर ११ बजेसम्म खोल्न पाइने

त्यस्तै, खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । ‘पुस्तक पसल पनि खोल्न पाउने निर्णय गरेका छौं’ प्रजिअ भट्टराईले भने–‘पुस्तक पसल पनि विहान ११ बजेसम्म खोल्न पाइन्छ ।’​ शाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर जेठ २१ बाट पुन: खोल्न दिइएको थियो ।किराना र डिपार्टमेन्ट स्टोर यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । सार्वजनिक निर्माणमा प्रयोग हुने निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइन्छ ।

उपत्यकामा ४ बजेबाट हार्डवेयर पसल खोल्न पाइने

काठमाडौं उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर सामाग्री बेच्ने पसल खोल्न दिने निर्णय गरिएको छ । ‘हार्डवेयर पसल दिउँसो ४ बजेपछि खोल्न दिने निर्णय भएकाे छ ।

IME Remittance