तीन देशका लागि हवाई उडान खुल्यो

काठमाडौँ १८ जेठ । सरकारले नेपालबाट तीन देशका लागि हवाई उडान खुला गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलाइएको हो ।

टर्किश एअरलाइन्सले उडानका लागि आवेदन नै दिइसक्यो भने नेपाल एअरलाइन्स र चिनियाँले दिने तयारीमा रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

बिहीवारको मन्त्रिपरिषद्‌को बैठकले अन्तराष्ट्रिय उडान गर्ने निर्णय गरेको थियो ।

IME Remittance