‘यास’ चक्रवातको प्रभाव : जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित भएर बस्न अनुरोध

काठमाडौँ, १३ जेठ : आगामी तीन दिन बर्षा हुने भउकाले उच्च सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । यो समयमा धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने चेतावनी दिइएको छ ।

पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’ले जेठ १३ देखि १५ सम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३ १५ गते प्रदेश १,२, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ । उक्त प्रदेशको तराइमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको ।

कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघ गर्जनसहित चट्याङ् र मध्यम वर्षाको सम्भावना छ । गण्डकी वाग्मती र प्रदेश १ का हिमाली र उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्का देखि मध्यम हिमपात र वर्षा हुने छ ।

प्राधिकरणले वस्ती नजिक बाढी, पहिरो डुवानको सम्भावविन क्षेत्र र नदी खोला किनार क्षेत्रका जोखिम बासिन्दालाई सतर्क रहन भनेको छ ।

 

IME Remittance