१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको छ । आज नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति ले उत्तः घोषणा गरेका हुन् ।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीका अनुसार आजको फोनवार्तँमा उक्त घोषणा भएको हो । यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि यसअघि चीनले नेपाललाई ८ लाख खोप अनुदान दिएको थियो। चिनियाँ भेरोसेल खोप कोरोनाविरुद्ध प्रभावकारी मानिएको छ।