इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली त्यसतर्फ प्रस्थान

 

१२ जेठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली कतार प्रस्थान गरेको छ । उनीहरु विश्वकप क्वालिफायर एसियन कप क्वालिफायरमा समेत सहभागि हुनेछन् ।

२३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली गएराति १० बजे कतार उडेको हो । उनीहरु त्यहाँबाट इराक जाने नेपाल फुटवल संघले जनाएको छ ।

जेठ १५ गते उनीहरुले इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि कुवेतमा हुने विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछन् ।

IME Remittance