विपक्षी दलले आज सर्वाेच्चमा रिट हाल्दै

जेठ १० । विपक्षी दलहरुले आज दोस्रो पटक गरिएको संसद विघटनविरुद्ध सर्बाेच्च अदालतमा रिट हाल्ने तयारी गरेका छन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु सोमबार बिहान सर्वोच्च जान लागेका हुन् ।

कार्यालय समय सुरु हुनासाथ रिट हाल्ने तयारी रहेको बताइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।

आइतबार कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजपत्र संकलन गरेका थिए । सांसदहरुले व्यक्तिगत रुपमा पनि रिट दायर गनृै बुझिएको छ ।

रिटमा धारा ७६, ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको जिकीर गरिएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्ने जानकारी दिनुभयो ।

IME Remittance