चीनमा १०० किमि दौडका २१ धावकको गयो अकालमै ज्यान

जेठ १० । पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिएपछि एउटा क्रसकन्ट्री अल्ट्राम्याराथन प्रतियोगितामा सहभागी भइरहेका कम्तीमा २१ जनाको मृत्यु भएको छ।

त्यहाँका सरकारी सञ्चारमाध्यमका अनुसार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिनेगरी वर्षा भएको बीबीसीले जनाएको छ ।

सय किलोमिटर दूरी भएको दौडमा १७२ धावक सहभागी थिए। तर तीमध्ये केही हराएपछि प्रतियोगिता रोकिएको थियो।

खोजी तथा उद्धारका लागि परिचालित टोलीहरूले आइतवार २१ वटा शवहरू फेला पारे।

सहभागी धावकमध्ये १५१ जना जीवित फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। तीमध्ये आठ जनालाई चोट लागेको छ।

मौसम बिग्रिएपछि धेरै धावकले बाटो बिराएको बताइएको छ।

IME Remittance