काठमाडौँ, ९ जेठ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच लाख नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म उक्त संक्रमणका कारण ६,१५३ जनाले ज्यान गुमाएका छन्।
अहिले दैनिक आठ हजारी भन्दा बढीमा संक्रमण देखिँदै आएको छ भने मृत्यु संख्या तीन अंकको रहेको छ । दक्षिण एशियामा भारत, पाकिस्तान र बाङ्लादेशपछि कुल सङ्क्रमितको सङ्ख्यामा नेपाल चौथो स्थानमा पुगेको छ।
भारतमा २ करोड ६२ लाख, पाकिस्तानमा ८ लाख ९७ हजार, बाङ्लादेशमा ७ लाख ८६ हजार, श्रीलङ्कामा १ लाख ५८ हजार र चीनमा १ लाख २ हजार भन्दा बढी कुल सङ्क्रमित छन् ।
नेपामला भने काठमाडौँ उपत्यकामा बढी संक्रमित देखिँदै आएको छ ।
कोरोनाको दोस्रो लहरसँगै नयाँ भेरियन्ट समेत नेपालमा देखिएको छ । यो बढी आक्रामक र गम्भिर प्रकृतिको विरामी बनाउने खालको हो । त्यसैले नियन्त्रणका लागि अहिले ७५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।