काठमाडौँ, ८ जेठ । विपक्षी गठबन्धनले राष्ट्रपति–प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने भएका छन् । आज नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संयुक्त बैठकले उक्त निर्णइ गरेको हो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चासहितका नेताको सहभागिता थियो ।
उनीहरुले उक्त कदम विरुद्ध राजनीतिक रुपमा र कानुनी रुपमा सर्बोच्चमा जाने निर्णय गरेको संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ । पढ्नुहोस् पुरा विज्ञप्ति