प्रधानमन्त्रीले भने – कि वैकल्पिक सरकार बनाउनुस, कि मेरो नेतृत्वमा आउनुस्

७ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको सहमतिमा राष्ट्रिय सरकार गठन गर्न आह्वान गरेका छन्। विहीबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै उनले आफूले कुनै षडयन्त्र नगरेको र आफू संविधान बमोजिमनै चलेको बताए।

‘सक्नु हुन्छ भने मेरै नेतृत्वको राष्ट्रिय सरकारमा सामेल हुनुस’, उनले भने,‘त्यसो गर्न सक्नुहुन्न भने बैकल्पिक सरकार गठन गर्न आग्रह गर्छु।’ विपक्षीको सरकार भए पनि आफूले रचनात्मक सहयोग गर्ने उनले बताए। चुनावमा जाने आफ्नो रहर नभएको बताउँदै अन्त्यमा चुनावमै गएपनि आकाश नखस्ने उनले बताए।

आफू संविधानकै बाटोमा हिँडेको भन्दै संविधान मिचेको भन्ने आरोप झुटा भएको प्रधानमन्त्रीले उल्लेख गरे। ‘बैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गर्दा कसरी संविधान मिचिएको हुन्छ,’ उनले भने, ‘बाटो थुनेको हैन बैकल्पिक सरकारलाई बाटो खुला गरिदिएका हौ।’

जति दिन समय दिएपनि अविश्वासको प्रस्ताव पनि ल्याउन नसक्ने अनि विश्वासको मत पनि हासिल गर्न नसक्ने विपक्षीले अनाहकमा आफ्नो विरोध गरेको बताए। ‘विपक्षी एक हुनलाई दिनभरको समय अझै बाँकी छ,’ उनले भने, मिल्ने हो भने यो समय काफि छैन ररु’

राष्ट्रपतिमाथि महाअभियोग लगाउने आक्रोस केहीको कुन्ठा भएको बताउँदे यो गणतन्त्र विरोधी काम भएको प्रधानमन्त्रीले बताए। ‘मन्त्रिपरिषदको निर्णय प्रधानमन्त्रीको आग्रहमा राष्ट्रपतिले पालना गर्ने हो,’ उनले यसमा दोष छ भने मेरो हुन्छ त्यसैले कारबाही पनि मलाइनै गरे हुन्छ।’

त्यस्तै एमालेभित्रको समस्या आन्तरिक समस्या भएपनि पछिल्ला गतिविधि प्रणालीमै असर पार्ने काम भएकाले यसको समाधानको लागि आफू गम्भीर रहेको ओलीले बताए।

IME Remittance