‘ताउ-ते’को असर घट्दो, नेपालमा बदली कायमै तर प्रभाव कम

काठमाडौँ ६ जेठ । अरब सागरबाट बनेको सामुद्रीक आँधी ताउतेको असर पछिल्लो समयमा घट्दो क्रममा रहेको छ । यसको प्रभावले अहिले पनि नेपालमा मौसम बदली भइरहेको छ ।

अधिकांश क्षेत्रमा सामान्य र केही क्षेत्रमा भारी वर्षा समेत भएको छ । यसले क्षति हुने गरी प्रभाव पाने भने नसकेको मौसम विज्ञान विभागले जनाएको छ । अहिले ताउते पूर्वतर्फ मोडिएको छ । ताउतेले नेपालमा कस्तो कस्तो असर गर्छ पुरा विवरण तल हेर्न सक्नुहुन्छ :

मौसम विश्लेषण 

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव तथा भारतको राजस्थान आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae थप कमजोर हुँदै उतर पुर्वतिर अगाडि बढेको छ र यसको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था 

हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ  गते 

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकि प्रदेश र बाग्मति प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका केहि स्थानहरुमा भारि हिमपात/वर्षाका सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ  गते (शुक्रबार)

दिउँसो देशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य  बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १ लगाएत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखी सामान्य  बदली र बाँकी भू-भागमा सामान्यतय सफा रहनेछ। प्रदेश १, बाग्मति र गण्डकी प्रदेशका एक /दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ  गते (शनिबार)

दिउँसो  प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रहि बाँकि भू-भागमा आंशिक बदलि रहने छ। प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती   प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली रहि बाँकि भू-भागमा आंशिक देखी सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम  बर्षा र थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना रहेकाले आवश्यक  सतर्कता अपनाउन हुन अनुरोध छ।

IME Remittance