काठमाडौँ, ५ जेठ : गृह मन्त्रालयले निषेधाज्ञ र सरकारी निर्देशन अझै प्रभावकारी कार्यान्वय गर्न जरुरी देखिएको जनाएको छ ।
कतिपय अबस्थामा नियम उल्लंघन गरेको पाइएकाले अझै सथ सावधानी र सतर्कता आवश्यक भएको मन्त्रालयका प्रवक्ता जनक दाहालले बताउनुभयो ।
पछिल्लो समयमा नेपालमा नयाँ भेरियन्टसहित तीन प्रकारका भेरियन्टको कोरोना देखिएकाले त्यो बढी संक्रामक र खतरनाक रहेको पुष्टि भइसकेको छ । त्यसैल अझै सावधानी जरुी रहेको जनाइएको छ ।
अहिले पनि मानिसहरु नियम उल्ल्ंघन गरिरहेका छन् । मन्त्रालयका अनुसार निषेधको आदेश अवज्ञा गरी मास्क नलगाई हिँड्ने २१ हजार ९४२ जनालाई जरिवाना तिराइनुले पनि उल्लंघनको अबस्था कस्तो छ भनेर थाहा हुन्छ । यो बीचमा सचेतनामुलक कार्यक्रममार्फत चार लाख ३७ हजार बढी व्यक्तिलाई मास्क समेत वितरण गरिएको छ ।
कोरोना बढिरहेको अबस्थामा भीडभाडजन्य गतिविधि नगर्न, मास्कको उचित प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, बारम्बार साबुन पानीले हात धुन तथा नियमित रुपमा सेनिटाइजरको प्रयोग गर्न पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयले आदेशको प्रभावकारी कार्यान्वयन र यसबाट उत्पन्न असहज परिस्थितिलाई सहज तथा सामान्य तुल्याउनु अझै अत्यावश्यक रहेकाले थप सचेत हुन नागरिकसँग अनुरोध गरेको छ ।
विषम अबस्थामा सकेसम्म मानवीय क्षति कम गराउन र यसको उपचार, रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला गत रुपमा निषेधको आदेश जारी गरी कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ ।
प्राप्त जानकारीअनुसार आजसम्म चार जिल्लामा आंशिकसहित मुलुकका ७४ जिल्लामा आदेश कार्यान्वयनमा रहेको छ । मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा आदेश जारी गरिएको छैन । देशमा दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दो छ । गत वर्षको तुलनामा यस वर्ष बढी असर र खतरनाक देखिएको विज्ञहरुले बताउँदै आएका छन् ।
मन्त्रालयले अहिलेको अबस्थामा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव, तथा जम्माखोरी, जस्ता प्रवृत्तिलाई पूर्ण रुपमा निस्तेज तुल्याउने कार्यमा गम्भिरताका साथ लागेको जनाएको छ ।
सङ्कटको वर्तमान अबस्थामा अक्सिजन उत्पादन, आपूर्ति, तथा वितरण प्रणालीलाई भरपर्दाे, पारदर्शी र न्यायसङ्गत तुल्याउन अक्सिजनसँग सम्बन्धित उद्योगमा भरपर्दाे सुरक्षा व्यावस्था मिलाउने गरी ३३ स्थानमा डेडिकेटेड सुरक्षा टोली खटार्इं उद्योगको सुरक्षा मिलाइएको मन्त्रालयको भनाइ छ ।
अक्सिजन प्लान्ट चौविसै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको र त्यसका लागि चौविसै घण्टा विद्युत आपूर्तिको व्यवस्था गरिएको जनाइएको छ ।