नेपालमा कोरोनाको तीन भेरियन्ट रहेको पुष्टी, नमूना लिँदा ९७ प्रतिशतमा नयाँ भेरियन्ट

काठमाडौँ, ४ जेठ । नेपालमा नमूना परीक्षण गरिउका मध्य ९७ प्रतिशत नयाँ भेरियन्टको कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नमूना लिइएका मध्ये ९७ प्रतिशतमा नयाँ भेरियन्टको कोरोना देखिएको पुष्टि भएको छ ।

नेपालमा परिवर्तित भाइरससहितको तीन किसिमका भेरियन्ट रहेको पत्ता लागेको छ । हाल देखिएको भाइरस सबै उमेर समुहका व्यक्तिमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको छ । त्यसैले थप सावधानी अपनाउन र स्वास्थ मापदण्डको पुर्ण पालना गर्न सबैमा अनुरोध गरिएको छ ।