कोरोनाकाल : आठ हजार संक्रमित हुँदा झण्डै सात हजार निको भएर घर फर्किए

४ जेठ, काठमाडौं । कोरोना संक्रमणमित निको हुने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । आज मात्रै करिब आठ हजार संक्रमित हुँदा सात हजारको हाराहारीमा निको भएको छ । मृत्युको घटना भने अझै कमि हुनसकिरहेको छैन।

दैनिक झण्डै २०० को हाराहारमिा मृत्यु हुने गरेको छ । पछिल्लो २४ घण्टामा भने १९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

उक्त अबधिमा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका घर गएका छन् । पहिल्लो एक हप्तामा भने निको हुनेदर क्रमश वृद्धि भइरहेको छ ।

IME Remittance