सांसद नभइ बनेका मन्त्रीलाई पदमुक्तको मागसहित सर्वाेच्चमा रिट

काठमाडौँ, ३ जेष्ठ । सांसद नै नरहेका अहिलेका सात मन्त्रीलाई पदमुक्तको आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट परेको छ ।

यही वैशाख ३१ गते उनीहरु मन्त्रीमा पुनः नियुक्त भएका थिए ।  प्रधानमन्त्री केपी शमौ ओलीले नियुक्ति गरेको सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले रिट दायर गरेका हुन् । उक्त रिटको मंगलबार नै पेसी छ ।

यसरी मन्त्री हुनेमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री मन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङ छन् ।