चलचित्रकर्मी चेतन कार्कीको निधन

काठमाडौँ २ जेठ । चलचत्रि क्षेत्रका अब्बल व्यक्ति चेतन कार्कीको निधन भएको छ । आज काठमाडौंस्थित सैनिक अस्पतालमा ८३ वर्षिय कार्कीको निधन भएको हो ।उहाँलाई कोरोना समेत भएको थियो ।

कोभिड पोजेटिभ भएपछि सोमबार राती उहाँलाई अस्पताल लगिएको थियो । उहाँ पटकथा र गीत लेख्नुहुन्थ्यो । १९९५ मा स्याङ्जामा जन्मिनुभएका कार्कीका श्रीमती र दुई छोरा छन् । उनले लेखेको फिल्म गीत तीजको लहर आयो बरिलै सदाबहार गीत हो ।

उहाँको निधनमा चलचित्रकर्मीले सामाजिक सञ्जालबाटै श्रद्धाञ्जली अर्पण गरेका छन् । कलाकार नीर शाह, गीतकार यादव खरेललगायतले सञ्जालबाट श्रद्धाञ्जलि दिएका छन् ।

IME Remittance