नेपाललाई आपत्कालीन सहयोग आवश्यक पर्यो : विश्व स्वास्थ्य संगठन

काठमाडौँ, १ जेठ । कोभिड- १९ महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक भइसकेको विश्व स्वास्थ्य सङ्गठन ले जनाएको छ । संगठनका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले पत्रकार सम्मेलनमाफृत उक्त घोषणा गरेका बीबीसीले जनाएको छ ।

डा गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन्।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए। डा गेहब्रेयससले ूडब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने बताएको उल्लेख गरिएको छ ।

IME Remittance