सरकार र नेकपा विप्लव समुह बीचकाे बार्ता सफल

 

 

 

 

लामाे समयदेखि प्रतिक्षारत सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको वार्ता तीन बुँदे सहमतिसहित टुङ्गाेमा पुगेकाे छ। यसले नेपाली राजनीतिमा नयाँ काेशेढुङ्गा थपेकाे छ । अब नेपालमा सशस्त्र संघर्ष गरिरहेका पार्टी र समुह लगभग मुलधारमा अएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा २०७७ साल फागुन १९ गते भएको वार्तामा विप्लव नेतृत्वकाे नेकपा र सरकार बीच तीन बुँदे सहमति भएको छ । सहमति पछि सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

सहमतिअनुसार विप्लव समूहका नेता-काेर्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ  । विप्लवले नेतृत्व गरेकाे नेकपा  समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ ।

सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने कुरा भएकाे छ । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेको प्रेस नोटमा उक्त कुरा उल्लेख छ।

शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहका महासचिव विप्लवले सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको रहेकाे जनाइएकाे छ । बार्ताटाेलीका प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र गृहमंत्री रामबहादुर थापाद्वार संयुक्त रूपमा हस्तक्षर गरिएकाे  प्रेस नोटमा उक्त कुरा उल्लेख गरिएको छ। विप्लवले नेतृत्व गरेकाे नेकपामाथि  सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द (विप्लव) भूमिगत रहँदै आएका थिए ।

IME Remittance