सरकारसँग वार्ताका लागि विप्लव समूह सकारात्मक

८ फागुन, काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।

 विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले  आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् । छाेटाे विज्ञप्ति जारी गर्दै उनले यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं  भनेका छन।’

IME Remittance