आमाका आँशु

          देबेन्द्र बस्याल, जापान
म परदेशबाट घर फर्की आउँदा
मेरी आमा
उता कुनामा रोइरहेको देखेँ
म अरुहरुलाई वेवास्ता गर्दै
आमा बसेको स्थानमा पुगेँ
आमाले ओडेको घुम्टो उघारेर हेरेँ
आमाको मुहारमा आँशु देखेँ
आमाको मुहार रक्ताम्मै थियो
टाउकामा चोटैचोट थियो
मैले आमाको वेहाल देखेपछि
आमाको चित्कार सुनेपछि
मैले मन थाम्नै सकिन ।
मैले चिच्याएर प्रश्न सोधें
कराएर सोधें, आमा यो सव किन ?
कस्ले गरायो यो हालत आमा ?
भन्नु आमा, नडराउनु, मन खोलेर भन्नु आमा
यो किन ? कसरी, के कालागि ? भयो आमा
तपाई भन्नु मात्र आमा ?
आमाले उता छिमेकीको घरतिर देखाउनु भयो
विस्तारे साईलोतिर औंला ठड्याउनु भयो
बस, मैले चिने आमा, मैले चिने
म एकपटक चिच्याएँ, कराएँ, बवाल गरें
मैले सारा गाउँघर थर्काएँ,
हर्के, बिर्खे र सेतेलाई बोलाएँ
बेली,चमेली र उजेलीलाई डाकें
हल्ली खल्ली र कोलाहाल गरें
मैले गाउँ शहर चारैतिर फोन गरें
ए, मेरा संगी साथीहरु
आमा वुवा दाजुभाई तथा दिदी बहिनीहरु
किसान मजदुर गोठालाहरु !
छिमेकीबाट हाम्री आमा माथी हातपात भएको छ
आमालाई रक्ताम्मै बनाईएको छ
छिमेकीले छिमेकीको हैसियत भुलेको छ
कमजोर, हाम्री आमामाथी आक्रमण गरीएको छ
अब हामी सहेर बस्न सकिन्न
युवा र किसानहरु हँसीया हथौडा लिएर उठ
गाउँघर सहरहरु आगोबालेर जुरुक्क उठ
अब बिस्तारे साईलाको सेखी झार्नु पर्छ
हाम्री आमाको अस्मीता बचाउन
हामीले ज्यानको बाजी थापेर लड्नु पर्छ
हामी जानु पर्छ कालापानी र लिम्पिया धुराबाट
युद्धको विगुल फुक्नु पर्छ
घायल भूमिको माटो उठाएर
ज्यानको आहुतिदिन तयार हुनुपर्छ ।
IME Remittance