एउटा अनुपम सुन्दर ठाँउ, हाँडिकाेट

       

बागलुङ जिल्लाको दक्षिण भेगमा समुन्द्री सतहदेखि करिब २१९५ मिटर उचाइमा रहेकाे  जैमिनी नगरपालिकाको वडा नं . १० राङ्खानी, वडा नं. ८ छिस्ती र वडा न.७ जैदीको संगमस्थलकाे उच्च शीर हाे,  हाँडीकोट टापु  । याे प्राकृतिक रुपमा साँच्चिकै सुसज्जित छ, अनुपम छ ।

हाँडीकोट टापुबाट  सुर्योदयसँगै उत्तरतर्फ चाँदीझै टल्केका   हिमश्रृंखलाकाे  सुन्दर मनोरम प्राकृतिक दृश्य र दक्षिण ,पश्चिमतर्फका  पाल्पा, बुटवल, गुल्मीलगायतका अनगिन्ती गाउँ तथा  सहरहरूका दृश्यले यसकाे आकर्षण घनीभूत बनाएकाे छ । विशेष गरी व्यापक दायरामा सूर्योदय तथा सूर्यास्तसँगै चारैतर्फ देखिने सुन्दर दृश्यका लागि याे ठाउँ आकर्षक गन्तव्य स्थल बनेकाे छ । हाँडीकोट टापुमा ऋतु अनुसार त फरक दृश्य देखिन्छ नै, त्यसमा पनि बिहान, दिउँसो र साँझमा पनि पृथक पृथक मनोरम दृश्यको अवलोकन गर्न सकिने विशेषता हाँडीकोटले बोकेको छ ।

करिब वि.सं. १६०० काे सतककमा   बाइसे चौबिसे, भुरे टाकुरे राजा हरुको पालामा राजा ऋतिक र रानी जयन्तीले यहाँ राज्य गर्दथे भन्ने भनाइ छ । यस वरिपरि रानीले कपाल कोर्ने ढुङ्गा, दुश्मनको आक्रमणबाट बच्ने रानी लुक्ने दुलो (सुरुङ), पानी खाने रानी पधेरो, लगाएत अनेकाै धार्मिक तथा  एेतिहासिक सांस्कृतिक सम्पदा रहेका छन । हाँडिकाेट टापुबाट केहितल हाँडिकाेट भन्ने ठाँउ छ । त्यसकाे केहिपर थन्थाप  माइकाे मन्दिर रहेकाे छ । जसलाइ स्थानियहरूले माइकाेथान भन्ने गर्दछन । माइकाे थान मन्दिरलाइ पनि बागलुङ जिल्लाकाे मुख्य  धार्मिक तथा पर्यटकीय स्थलका रूपमा हेर्ने गरिन्छ ।

बागलुङ बजारबाट करिब ४० कि.मि टाढा रहेकाे हाँडिकाेट टापु बागलुङ बजारदेखि जैमिनी नगरपालिकाकाे केन्द्र कुश्मिसेरा हुँदै राङखानी र जैदीकाे सिमाक्षेत्र बिहारथाला सम्म करिब ४५ किलाेमिटर गाडिमा सजिलै यात्रा गर्न सकिन्छ भने त्यसपछि करिब अाधाघन्टा पैदल हिडेर हाँडिकाेट टापुसम्म पुग्न सकिन्छ । बागलुङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्यकाे रूपमा रहेकाे हाँडिकाेट टापुकाे ब्यापक प्रचार प्रसार हुन नसक्दा तथा राज्य र स्थानिय तहकाे राम्राे सङ्ग ध्यान पुग्न नसक्दा हाँडिकाेट क्षेत्र अझै सम्म पनि ओझेलमै परेकाे छ ।

हाँडीकोट टापुबाट देखिएको मनमोहक सूर्योदयको तस्वीर ।

 

हाँडीकोट टापुबाट देखिएको मनमोहक सूर्योअस्तकाे  तस्वीर ।

 

 

 

IME Remittance