युवाहरूकाे बीचमा रक्तिम

जता हेराे उतै देख्छु असत्यकाे खेती,सत्यलार्इ राेक्न खाेज्छन बाटाे छेकीछेकी ।

कैले सम्म याे संसारमा झुठले शासन गर्ने , सच्चाइ र साैन्दर्यलार्इ अप्ठाराे मै पार्ने

चाहिदैन मलार्इ झुठकाे बंगला चाहिदैन मलार्इ असत्यकाे फाँट

यसै राम्राे छ सच्चाइकाे बाटाे झन उच्च छ मेराे यसमै डट्ने अाँट ।

याे गीत अखिल नेपाल युवक संघ राष्ट्रिय परिष्दको तेश्रो बैठकमा जीवन शर्माद्वारा प्रस्तुत भएकाे थियाे । अखिल नेपाल युवक संघ राष्ट्रिय परिष्दको तेश्रो बैठक का. जितामित्र सुनारको अध्यक्षतामा २०७४ माघ २६ र २७ गते बुटवलमा सम्पन्न भएकाे छ । ११ बुदे  बिशेष प्रस्ताव पारित गर्नुका साथै सातौँ राष्ट्रिय सम्मेलन सम्वन्धी निर्णयहरु गर्दै  बैठक सम्पन्न भएको छ ।
१. अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन २०७५ बैशाख २८, २९ र ३० गते “राष्ट्रिय स्वाधीनताको लागि आमुल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा साताैँ राष्ट्रिय सम्मेलन” भन्ने मुल नाराका साथ पर्यटकीय शहर पोखरामा हुनेछ ।
२. अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन सफल पार्न का. तिलक थापाको संयोजकत्वमा का. जितामित्र सुनार, का. अनिलकिशोर घिमिरे, का. रमेश पौडेल, का. बाबुराम आचार्य, का. बालकृष्ण सुवेदी, का. योगेन्द्रपौडेल, का. भिमसेन वन, का. प्रशान्त थापा, का. लक्ष्मण पुन, का. कृष्ण क्षेत्री, का. विक्रम थापा, का. जयराम आचार्य रहनु भएको १३ सदस्यीय मुल व्यवस्थापन समिति, का. अनिल किशोर घिमिरेको संयोजकत्वमा ३०१ सदस्यीय प्रचारप्रसार समिति, का. बाबुराम आचार्यको संयोजकत्वमा का. रमेश पौडेल, का. लक्ष्मण पुन, का. प्रशान्त थापा र का. योगेन्द्र पौडेल रहनु भएको ५ सदस्यीय आर्थिक समिति र का. भिमसेन वन को संयोजकत्वमा , का. भक्त बि.क., का. कमल थापा, का. विरेन्द्र हमाल, का. हुमलाल नेपाली, का. आशिस जबेगु, का. लिल बहादुर पुन, का. विष्णु शर्मा र का. टोपलाल भुषाल ९ सदस्यीय सचिवालय रहेको ४१ सदस्यीय स्वमंसेवक समिति समिति गठन गरेको छ ।
४. तेश्रो राष्ट्रिय परिषद वैठक बाट पारित विशेष प्रस्तावहरुः
१. नेपालमा रोजगारका अवसरहरु नहुदाँ लाखौ युवाहरु विदेशीनु परेको छ । राज्यले युवा लक्षीत विशेष कार्यक्रमहरु संचालन गरी युवाहरुलाई राष्ट्र विकाशमा लगाउन जोडदार माग गर्दछौं ।
२. वैदेशिक राजगारीको सन्दर्भमा विदेशीएका कैयौ युवाहरु विदेशी जेल, अस्पताल र विदेशी गल्लीहरुमा वेवारिसे अवस्थामा अत्यन्तै कष्टकर जिवन विताउनु परेको तथा अनाहकमा मृत्यूको शिकार समेत हुनुपरेका घटनाहरु बारम्बार दोहोरीने गरेका छन् । त्यस प्रकारका घटनाहरु हुन नदिन तथा भएका घटनाहरुमा यथाशिघ्र उद्दार ,रिहाई तथा स्वदेश फिर्तीको लागि आवश्यक व्यवस्था गर्न हाम्रो संगठन नेपाल सरकार संग जोडदार माग गर्दछ ।
३. कैयौ स्थानिय तहमा भए गरेका अपारदर्शी तथा अनियमित कार्यहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जनताको विकाशको लागि बिनियोजित वजेटमा भएको त्यस खालका अनियमितता र भ्रष्ट्रचार जन्य कार्यहरुको तुरुन्त छानविन गरी दोषी उपर कार्वाही गर्न माग गर्दै त्यस्ता कार्यहरु रोक्न खवरदारी समेत गर्दछौं ।
४. भ्रष्ट्रचार र वलात्कार जस्ता जघन्य फौजदारी अपराधमा संलग्न अपराधीलाई कडा डण्ड सजाय गरिनु पर्नेमा स्वयं राज्यको निकायबाटै संरक्षण प्रदान गर्दै अपराधीलाई प्रश्रय दिने कार्यहरु बढ्दै गईरहेका छन । त्यस खालका गलत कार्यहरु तुरुन्त रोकी अपराधीहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दछौं ।
५. संघीयताको कारण देशमा जटिल र विकराल समस्या देखा पर्दै गइरहेका छन् । जस्तै प्रदेश राजधानी, स्थानिय सदरमुकाम र श्रोत साधन बाडफाँड जस्ता कुराहरुमा विवाद बढदै जाने र .देशको राष्ट्रियता र अखण्डता समेत झन कमजोर बन्दै गइरहेकोले संघीयता खारेजीको लागि हामी जोडदार माग गर्दछौ ।
६. एनसेलले राज्यलाई तिर्नुपर्ने लाभकर वापतको अरबौ रकम बिदेश लैजान सर्बोच्चले बाटो खोलेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ । उक्त रकम तुरुन्त चुक्ता गर्न र गराउन जोडदार माग गर्दछौं ।
७. निर्माण सामाग्री लगायतका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दछौं ।
८. आयल निगमद्धारा गरिएको मूल्यवृद्धि विनाशर्त फिर्ता गर्न माग गर्दछौं ।
९. भारतले लगातार रुपमा सीमा अतिक्रमण गर्ने, दशगजा क्षेत्रमा पक्की संरचना बनाउने र सिमा क्षेत्रका नेपालीहरुलाइ दुख दिदै आइरहेको छ । उक्त कार्यको घोर भत्र्सना गर्दै कुटनैतिक तवरले समाधानमा लाग्न सरकार समक्ष जोडदार माग गर्दछौं
१०. ऐतिहासिक उजिरसिंह किल्ला रहेको बुटवलको फुलबारीमा भारतिय पेन्सनक्याम्प राखिएकोमा बिरोध गर्दै अन्य उपयुक्त स्थानमा पेन्सनक्याम्प राखि सेवा उपलब्ध गराउन माग गर्दछौ।
११. नयाँ सरकारद्घारा नेपालप्रतिका आफ्ना बिस्तारवादी नितिहरुलाइ नयाँ प्रकारले लागु गर्ने बाताबरण तयार पार्न र नेपालको राष्ट्रियता,सार्बभौमिकता र अखण्डता बिरुद्घ केन्दी्र्रत भारतिय बिदेशमन्त्रि सुस्मा स्वराजको नेपाल भ्रमण प्रति आपत्ति ब्यक्त गर्दछौ।
५. तेश्रो राष्ट्रिय परिषद् बैठकको झलक
उदघाटन कार्यक्रम ः २०७४ माघ २६ गते राष्ट्रिय जनमोर्चा क्षेत्रिय कार्यालय बुटवलको सभा हलमा समितिका उपाध्यक्ष का. जितामित्र सुनारको अध्यक्षता, महासचिव का. अनिलकिशोर घिमिरेको सञ्चालन र केन्द्रीय सदस्य तथा ५ नं. प्रदेश संयोजक का. कुलराज खनालको स्वागत मन्तव्य बाट अगाडी बढेको परिषद्को तेश्रो बैठक दिप प्रज्वलन गरि समितिका अध्यक्ष का. तिलक थापाले उदघाटन गर्नु भएको थियो । उदघाटन समारोहका विशिष्ट अतिथिहरु राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष का. बद्रे आलम, बामपन्थी नेता का. विमल शर्मा र राष्ट्रिय जनमोर्चाका पुर्व महासचिव का. सन्त बहादुर नेपालीले मन्तव्य राख्नु भएको थियो । अन्य अतिथीमा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार का. विदुर मल्ल, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय अध्यक्ष का. जिवन शर्मा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष का. ढुण्डीराज पौडेल, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय महासचिव का. राम बहादुर बुढा, अखिल छैठौँका केन्द्रीय उपाध्यक्ष का. रेशम कडेँल, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष का. कपिल खनाल, जातिय समता समाजका पुर्व अध्यक्ष का. राजेश वि.क., अखिल नेपाल वुद्धिजिवी संघका केन्द्रीय सदस्य का. दुर्गानाथ खरेलले शुभकामना मन्तव्य दिनुभएको थियो भने अखिल नेपाल युवक संघका पुर्व उपाध्यक्ष का. भिमलाल न्यौपाने, राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिव का. दिपक पौडेलको आतित्थ्यता रहेको थियो ।
बन्दशत्र ः का. जितामित्र सुनार अध्यक्ष, का. बालकृष्ण सुवेदी र निरु कोली सदस्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डल बाट अगाडी बढेको बन्दशत्रमा १ नं. प्रदेश बाट का. बालकृष्ण सुवेदी, २ नं. प्रदेश बाट का. योगेन्द्र पौडेल, ३ नं. प्रदेश बाट का. भक्त वि.क., ४ नं. प्रदेश बाट का. लक्ष्मण पुन, ५ नं. प्रदेश बाट का. बाबुराम आचार्य, ६ नं. प्रदेश बाट का. जितामित्र सुनार र ७ नं. प्रदेश बाट का. प्रशान्त थापाले प्रदेश स्तरिय रिपोटिङ गर्नु भएको थियो । संघका अध्यक्ष का. तिलक थापाबाट प्रस्तुत सांगठानिक प्रतिवेदन, महासचिव का. अनिलकिशोर घिमिरेबाट प्रस्तुत सातौँ राष्ट्रिय सम्मेलन सम्वन्धी प्रश्ताव र कोषाध्यक्ष का. बाबुराम आचार्यबाट प्रस्तुत विशेष प्रश्ताव छलफल पश्चात आवश्यक सुझावसहित पारित गरिएको थियो ।
रक्तदान कार्यक्रम ः ०७४ माघ २७ गते विहान संघको ३७ औँ स्थापना दिवशको अवसर पारेर बुटवलको चाँदवारी चोकमा रक्तदान कार्यक्रमको संघका अध्यक्ष का. तिलक थापाले रक्तदाता महासचिव का. अनिलकिशोर घिमिरेलाई ब्लड व्याग हस्तान्तरण गरेर उदघाटन गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव का. रमेश पौडेलले गर्नु भएको थियो ।
. समापन समारोह ः ०७४ माघ २७ गते उपाध्यक्ष का. जितामित्र सुनारको अध्यक्षता, बालकृष्ण सुबेदीको सञ्चालनमा अगाडी बढेको समापन समारोहमा संघका अध्यक्ष का. तिलक थापा, अखिल नेपाल युवक संघका पुर्व उपाध्यक्ष का. भिमलाल न्यौपाने, राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिव का. दिपक पौडेल, व्यवस्थापनको तर्पmबाट का. टोपलाल भुषाल, सहभागीहरुको बाट का. कला राई र विष्णु शर्माले मन्तव्य राख्नु भएको थियो ।