पिडै पिडा बीचमा
एउटा सानो खुशीले
उडछ भुवा सरि मन
जस्तै चैते हुरिले ।
दुख सुख लेखेकै छ
तिम्रो हाम्रो भाग्यमा
धडी पला फरक हो
जस्तै औसि पुर्णिामा ।
परिश्रम त लेखेकै छ
धनि निर्धन दुबैमा
मुल्य मात्रै फरक हो
जस्तै सुन चादीमा ।
धर्म सबै मिथ्या हुन
भाग्य रैछ कर्ममा
दुख सुख बाड्न पाए
सान्ती हुन्छ मनमा ।
मृत्यु पनि लेखेकै छ
पैदा हुँदै चिनामा
जल्ने एउटै चिता हो
खै के छ र है धनमा ।