कास्कीमा रक्तिम भेला

रक्तिमकाे कास्की जिल्ला भेलाः

रक्तिम सांस्कृतिक अभियान,कास्कीकाे जिल्ला भेला २०७४ माघ २४ गते सम्पन्न भएको छ ।
       रक्तिम सांकृतिक अभियानका केन्द्रीय अधक्ष्य जीवन शर्माको प्रमुख आतिथ्यता रहेको उक्त भेलामा राष्ट्रिय जनमोर्चाको तर्फबाट बिजयी साम्सदहरु  कृष्ण थापा तथा टेक बहादुर घर्ती, अ.ने.म.स .केन्द्रिय अध्यक्ष्य  मिना पुन ,अखिल(छैठौ) केन्द्रिय सचिब  गणेश अधिकारि,राष्ट्रिय जनमोर्चा जिल्ला सचिब  आकाश गौतम र बाग्लुङ जिल्ला बरेङ गाउपालिका उपाध्यक्ष्य  दिलमाया पुनको बिशेष उपस्थिती थियो ।उपस्थित वक्ताहरुले भेला सफलताको कामना सहित आफ्नो मन्तब्य राख्नु भएको थियो ।प्रमुख अतिथी को तर्फबाट बोल्दै केन्द्रिय अधक्ष्य जीवन शर्माले प्रगतिशिल संस्कृति  रक्षात्मक अवस्थामा रहेता  पनि यस्को महत्व र आवश्यकता झनै  बढेर गएको औल्याउनु भयो । समाज परिवर्तनका लागी त्यस समाजको सान्स्कृतिक परिवर्तन महत्वपूर्ण रहने  बताउदै उहाले आफ्ना प्रगतिशिल कला लिएर जनातासामु पुगी जनाताको चेतना उत्थानमा लाग्न निर्देशन समेत गर्नु भयो ।
      दीपेन्द्र घर्ती मगरको अध्यक्ष्यतामा सम्पन्न भेलाको सन्चालन बिमल पाण्डेले गर्नु भएको थियो । भेलाले विमल पाण्डेकाे अध्यक्षतामा २ रिक्त सहित १३ सदस्यीय जिल्ला कार्यसमितिको गठन गरेको छ ।जस अन्तर्गत उपाधक्ष्यमा सुजन थापा,सचिबमा दिपा थापा,सहसचिबमा सरस्वती श्रेष्ठ र कोषाधक्ष्यमा दिलेन्द्र बुढा मगर रहनुभएको छ । उक्त समितिको सदस्यहरुमा अर्जुन शर्मा,तुलेन्द्र पुन,सन्दिप पुन,ज्ञानेन्द्र घर्ति,दीपेन्द्र घर्ती र याम थापा रहनुभएको छ भने सल्लाहाकारमा दानु सारु मगर हुनुहुन्छ ।
IME Remittance