प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो । यसअघि मार्चमा कोभिड रोकथामका विषयमा मोदीले गरेको भिडियो छलफलमा ओली सहभागी भएका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले टेलिफोनमा शुभकामना प्रदान गर्नुका साथै प्रधानमन्त्री ओलीले अन्य दुईपक्षीय विषयमा पनि कुराकानी गरेको बताए ।

 

 

IME Remittance