राताे लालिटन बर्ष १८, अंक २ ।
सर्वहारा बर्गका विविध राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाग्री बाेकेर राताे लालटिनकाे नयाँ अंक छिटै बजारमा अाउँदै छः
सम्पादकीय: सांकृितक रूपान्तरण अनिवार्य
एउटै चासो सर्वत्र फैलिएको छ, आगामी सरकार कस्तो हुने हो र त्यसले नेपालको
भावी तस्बिर कस्तो कोर्ने हो । विगतमा हँसिया र हथौँडा अङ्कित झण्डा फहराएको सांस्कृतिक बाटो हिडेर आएका दुई ठुला पार्टीले संसदीय र प्रदेश सभाको चुनावमा भारी मतका साथ विजय प्राप्त गरेका छन् । कतिपय मानिसहरु यसबाट निकै उमङ्गित र उत्साही देखिन्छन् । अबको नेपाल समृद्धि र शान्तिको बाटोमा अघि बढ्ने छ र आफ्नो जीवनदशामा पनि आधारभूत परिवर्तन हुने छ भनेर सर्वसाधारण आशावादी देखिएका छन् । आशावादी हुनु राम्रो हो । तर आशाहरु साकार हुन तदनुरुपको वस्तुगत र आत्मगत परिस्थति तयार हुनु अनिवार्य हुन्छ ।