वेस्टर्न युनियन मनि ट्रान्सफर अब घर-घरमा

वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर-घरमा, कसरी गर्ने सम्पर्क ?pinterest sharing button

काठमाडौं—वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदार र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ ।

एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्की स्वदेश तथा विदेशबाट पठाएको रकम प्राप्त गर्न समर्थन गर्दछ । सरकारले नागरिकहरुको सुरक्षाका लागि कोभिड—१९ लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले उनीहरुको रकम घरमै पु¥याउने भएको छ । होम डेलिभरी सुविधा आईतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ ।

‘हामी र हाम्रा एजेन्टहरुले पैंसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छौं । एक उद्देश्यद्वारा संचालित ग्लोबल कम्पनीको रुपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवा गर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभए अफलाइन समुदायहरुलाई पनि नविनतम तरिकाले सेवा गर्नु हो । यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो ’ वेस्टर्नयुनियन ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भने ।

अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले ग्राहकहरुको सेवाका लागि तयार रहेको सुनिश्चित गर्न सकेसम्म सबै प्रयास गर्ने बताए । उनले यो अवस्थामा ग्राहकहरुलाई आफ्नै घरबाट आरामसँग रकम प्राप्त गर्न सक्षम बनाइने बताए ।

त्यसैगरी हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले यो कठिन समयमा ग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदान गर्न पाउँदा खुशी लागेको बताए । घर घरमा मनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमा नगदको पहुँच सुनिश्चित गर्ने र बैंक खाता नभएकाहरु सहित व्यापक ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्ने बताए ।

कसरी सम्पर्क गर्ने ?
एकपटक प्रेषकद्वारा पैंसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वा हुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ताल गाउन सक्नेछन् । कल सेन्टरको नम्बरहरु निम्न रहेका छन् ।
अन्नपूर्ण ट्राभल एण्ड टुस : ०१४२२३५३०
हुलास रेमिटान्स : ९८५१०१९९७३

एजेन्टका होम डेलिभरी टिमलाई पठाइनेछ । एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचय पत्रको प्रतिलिपि व्हाटस् एप गर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन् ।

एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्ट प्रतिनिधिहरु प्रापकको घरमा रकमसहित पुग्नेछन् । रकम हस्तान्तरण गर्नु अगाडि, एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन् । सफल प्रमाणिकरण पश्चात एजेन्टको प्रतिनिधिले ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन् ।

द वेस्टर्न युनियन कम्पनी क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदानप्रदार र भुतानीको विश्वव्यापी अग्रणी कमपनी हो ।

email sharing button– रातोपाटी

IME Remittance