दक्षिण काेरिया नेपाली एकता समाजका महत्वपूर्ण निर्णयहरू

दक्षिण कोरिया नेपाली एकता समाजको प्रबिधिमैत्री बैठक यहि अपृल १८ /२०२० मा अध्यक्ष विदुर शर्माको अध्यक्षतामा बसी बर्तमान बिश्वको साझा समस्या कोभिड19 अर्थात कोरोना भाइरसको कारण सिर्जित बिश्वब्यापी समस्यामा  केन्द्रित रहेर महत्वपूर्ण निर्णय गरेकाे छ । उक्त बैठक पछि अध्यक्ष विदुर शर्माले प्रेशित गर्नुभएकाे बक्तव्यको पुर्ण पाठ यस प्रकार छ ।

सम्पुर्ण मानव जगत यतिबेला कोभिड-१९ अर्थात कोरोना भाइरस बाट आक्रान्त भैरहेको छ । कोरोना बाट बिश्व मा अहिले सम्म १,६१,१९६जनाको मृत्यु भैसकेको छ भने २३,४५,४७६जना सङ्क्रमित भएका छ्न । सङ्क्रमित मध्य ६,०४,६०६जना उपचार पछि निको भएर घर फर्किसकेका छ्न । भने थुप्रै जना अझै संसारका विभिन्न देसहरुका अस्पतालमा उपचाररत रहेका छ्न । यो संख्या अझै बढ्दो क्रममा रहेको छ । कोरोनाको बढ्दो सङ्क्रमण लाई रोक्न संसारका प्राय धेरै जसो देशहरुले लकडाउनको घोषणा गरेका छ्न । कोरोनाकै कारण बिश्वले भोकमरी र तिब्र आर्थिक सङ्कटको भुमरिमा फस्नु पर्ने सन्त्रास पनि देखिन थालेको छ । अमेरिका, बेलायत, फ्रान्स इटली लगायतका बिकसित र सम्पन्नशाली मानिएका कतिपय मुलुकहरू समेत कोरोना सङ्क्रमणलाइ नियन्त्रण गर्न अहिले सम्म सफल हुन सकेको अवस्था छैन । साम्राज्यवादिहरुको युद्ध उद्योग पनि कोरोना सङ्क्रमणकै कारण सङ्कटमा पर्दै गैरहेको छ । आफ्नो अर्थतन्त्र धरासायी हुन थालेपछी कतिपय साम्राज्यवादि मुलुकहरुले कामदार मजदुरहरुलाइ जोखिम मोलेरै काममा कज्याइरहेका छन भने कैयौं मजदुर हरु बेतलवी बिदामा जवर्जस्ती सास्ती खेप्दै बस्न बाध्य छन् उनिहरु चाहेर पनि आफ्नो मातृभुमिमा जान पाएका छैनन् । यो वा त्यो प्रकारले संसारका विभिन्न देसमा छरिएर रोजगाररत रहेका लाखौ लाख नेपालीहरुको अवस्था झन्झन् दयनिय बन्दै गैरहेको छ ।महासङ्कटको यो अवधिमा उनिहरु माथी बिभेदकारी , असमान र अमानबिय व्यवहार अपनाइरहेको छ त्यस देसको सरकारले हामी नेपालिहरुलाई समान व्यवहार गर्न कुटनितिक नियोग मार्फत पहल गर्न माग गर्दछौँ । यद्यपि तुलनात्मक रुपमा दक्षिण कोरियामा रोजगाररत नेपालीहरुले त्यस्तो समस्या भोग्नु परेको छैन । यहाको सरकारले सङ्कटको यो घडिमा कोरियन नागरिक र बिदेसी नागरिक भनेर उपचारमा विभेद गरेको छैन । बिश्व मानव जगतले कोरोना कहरका कारण भोगिरहेको यो महासङ्कटमा हामी यो बैठक बसी दक्षिण कोरियामा कार्यरत नेपाली कामदारहरु र हाम्रो आफ्नो मातृभुमी प्रतीको कर्तव्यलाई मध्यनजर गरेर नै हामिले अहिले निर्णय गर्नु आवस्यक ठानेर बैठक कोरोनाका कारण सृजित मानबिय सङ्कटमा हामिले खेल्नु पर्ने भुमिकाकै बिषयमा मात्र केन्द्रित भयो । बैठकले निम्न प्रस्ताव माथी छलफल गरि निर्णय निर्णय गरेको छ ।

१, दक्षिण कोरियाका विभिन्न क्षेत्रमा रोजगाररत नेपाली कामदारहरुको अहिलेको अवस्थाको यथार्थ बिवरण सङ्कलन गर्ने । कोरोना सङ्क्रमण बाट जोगिन आवस्यक विधि र सरकारले जारी गरेका निर्देसनहरुलाइ इमान्दारितापुर्वक पालना गर्न लगाउने ।
२ , कोरोना कहरका कारण समस्यामा परेका दक्षिण कोरियामा कार्यरत प्रवासी नेपालीहरु र स्वदेशमै रहेका पिडितजनहरुको सहयोगकालागि आन्तरिक सहयोग सङ्कलन अभियान संचालन गर्ने ।
३, कोरोना सङ्क्रमण नेपालमा फैलिन नदिन र समयमै समुचित उपचार हुन सकोस भन्ने ध्यय बाट एनआरएन कोरिया सङको सहकार्यमा केही स्वास्थ्य सामाग्रीहरु खरिद गरि नेपाल पठाइएको छ । हाम्रो मात्र एकल प्रयास बाट त्यसरी सहयोग जुटाउन र नेपाल पठाउन सम्भब थिएन त्यसैले हामिले एनआरएन कोरिया सङ मिलेर ब्यक्तिगत रुपमै त्यो सहयोग गरेका थियौ ।
४ ,समितिका सबै साथिहरुले सामाजिक संजाल लगायतका आधुनिक सुचना प्रबिधिको प्रयोग गरि कोरोना सङ्क्रमण बाट जोगिन पालना गर्नु पर्ने नियम र अनुशासन बारे व्यापक प्रचार गर्ने । समिती बाहिरका अन्य साथिहरुलाइ पनि सोही गर्न लगाउने ।
५ ,यस्तो महासङ्कटका बेलामा पनि देसमा स्वास्थ सामग्री खरिद र राहत बितरणमा समेत व्यापक भ्रष्टाचार भएको प्रती यो बैठक खेद प्रकट गर्दछ । त्यसप्रकारका भ्रस्टाचार र अनियमिततालाइ कडाइपुर्वक नियन्त्रण गरि जनतालाइ देसमा सरकार छ भन्ने अनुभुति दिलाउन हामी जोडदार माग गर्दछौ ।
६ , लकडाउनका कारण देसमा दैनिक ज्यालादारी गरेर जीवन गुजारिरहेका मजदुरहरुको अवस्था निकै दयनिय हुँदै गएको छ । देसका विभिन्न भागमा छरिएर रहेका उनिहरुलाई काममा लगाउने मालिक र ठेकेदारहरुले ज्याला नदिदा ती मजदुरहरु हप्तौ दिन पैदल हिडेर भोकभोकै घर फर्किन बाध्य भैरहेका छ्न । ती दृश्यहरुले देसमा सरकार नै नभएको सन्देस प्रवाह गरिरहेको छ । यसर्थ त्यसप्रकारका नेपाली मजदुरहरुको जीवन रक्षा प्रती गम्भीर बन्न हामी नेपाल सरकारलाइ आग्रह गर्दैछौ । जिबिकोपार्जनको कुनै उपाय नपायपछी नै ती मजदुरहरु भोकभोकै त्यसरी हप्तौ दिन लाएर घर जान बिवस भएका हुन । उनिहरुलाइ सम्बन्धीत स्थानमा नै खानपिनको सहित क्वारेन्टाइनमा राख्ने ब्यवस्था सरकारले नै मिलाउनु पर्दछ ।
७ , दक्षिणी सिमानामा अलपत्र परिरहेका नेपालीहरुलाइ आवस्यक स्वास्थ जाँच र क्वारेन्टाइनको ब्यवस्था गरेर सरकारले तुरुन्त स्वदेस ल्याउने ब्यवस्था मिलाउनु पर्दछ ।
८ .नेपाल जस्तो साधन र स्रोतहरुको कमि रहेको देसमा कोरोना सङ्क्रमण फैलियो भने त्यसलाई नियन्त्रण गर्न असम्भव जस्तै हुनेछ ,त्यसले महामारीको रुप लिने निश्चित छ । लकडाउनलाइ अझ कडाइपुर्वक लागू गरेर नै त्यो सम्भाबित महामारीलाई रोक्न सकिनेछ । त्यसकारण लकडाउनलाइलाई अझ कडाइपुर्वक लागू गर्न सरकार सङ्ग हामिले अनुरोध गर्दछौ । जनस्तर बाट पनि लकडाउनको इमान्दारितापुर्वक पालना गर्न हामी आग्रह गर्दैछौ । अपृल १८/ २०२०

विदुर शर्मा
अध्यक्ष
दक्षिण कोरिया नेपाली एकता समाज ,
दक्षिण कोरिया ।