राष्ट्रियसभाबाट अठार जना सांसद विदा हुँदै ।

२० फागुन, काठमाडौं । राष्ट्रियसभाबाट १८ जना सांसदहरु  बिदा हुँदैछन् । नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् विदा हुनेछन् ।

अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । अन्य सांसदका ठाउँमा गत माघ महिनामा निर्वाचित नेकपा र राजपाका सांसदले आज २०७६ साल फागुन २० गते सपथ लिनेछन ।

१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् ।

डा. युवराज खतिवडाको ठाउँमा भने कसैको नाम सिफारिस हुन सकेको छैन ।

IME Remittance