काेहलपुरमा राष्ट्रियताकाे उत्ताप

कोहलपुर पुगेर शर्माले भने, ‘भारतीय सेनाहरु कालीपानी छोड’

कोहलपुर पुगेर शर्माले भने, ‘भारतीय सेनाहरु कालीपानी छोड’

बाँकेको कोहलपुरमा भारतीय सेनाहरु कालापानी छोडको नारा गुन्जीएको छ । जनवादी गायक जिबन शर्माले कोहलपुर महोत्सवमा आफ्नो गित मार्फत भारतीय सेनालाई कालापानी छाड्न चेतावनी दिएका हुन ।

मंगलबार महोत्सवमा सहभागी हुन कोहलपुर आएका शर्माले मञ्चमा देशभक्त गित गुन्गुनाउँदा अन्य सहभागीहरुले समेत साथ दिएका थिए । जनबादी गायकका रुपमा ख्याती कमाएका शर्माको प्रस्तुती हेर्न मंगलबार सबै राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवि, स्थानियबासी, ब्यापारी तथा संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । शर्माले ‘मधेसी पहाडी हिमालका हिमाली, सिमली छायामा बसी, चँहिदैन सिसाको महल, भारतीय सेनाहरु कालापानी छोड’ लगाएत आधा दर्जन बढि गित गएका थिए ।

शर्माका अलावा चर्चित गायिका बिन्दु परियार, गायक चन्द्र शर्मा र रेश्मा पुनले समेत दमदार प्रस्तुती दिएका थिए ।

पौष २४ गतेदेखी जारी महोत्सव भोली (बुधबार) सकिदैं छ । ‘तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव-२०७६’ को ५ नं. प्रदेशकी कृषि भुमी ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले समापन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका अध्यक्ष हेम बिक्रम जिसीले जानकारी दिए । (काँचुली खबर )
प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार २०:००