प्रदेश ३ ले नाम र राजधानी टुङ्गाे लगायाे

२७ पुस, हेटौंडा ।   प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको छ।

कांग्रेस संसदीय दलका नेता ईन्द्र बाँनियाले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङ समर्थक थिए ।प्रस्तावको पक्षमा १०८ मत परेको छ । यसरी ३ नम्बर प्रदेशकाे नाम अब बागमती प्रदेश बन्न पुगेकाे छ ।

यस्तै प्रदेशको स्थायी राजधानीमा हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरेको प्रस्तावमा कांग्रेसका बाँनियासँगै राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक थिए ।

प्रस्तावको पक्षमा १०४ मत परेको छ भने विपक्षमा तीन । विवेकशील साझाका तीन सांसदले काभ्रेको धुलिखेललाई स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता गरेका थिए । तर प्रदेशसभाले यो प्रस्तावले बहुमतले अस्वीकृत गरेको छ 

जातीय अारमा प्रदेशकाे नाम राख्ने याेजना अब टढाकाे विषय बन्न पुगेकाे छ ।

IME Remittance