ग्लोबल आइएमई बैकको हाल सम्मकै सर्वाधिक लाभांश, १२.७५% बोनस शेयर र १२.७५% नगद लाभांश
ग्लोबल आइएमई बैकले अहिलेसम्मकै धेरै लाभांश घोषणा गरेको छ। बैकले हाल सम्मकै उच्च २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैकको मंगलबार बिहान बसेको संचालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।
बैकले घोषणा गरेको लाभांसमा १२.७५ प्रतिशत बोनस शेयर र १२.७५ प्रतिशत नगद रहेको छ। बैकले यस अघि २५ प्रतिशत सम्म लाभांश दिएको थियो। गत वर्ष बैकको लाभांश दर १६ प्रतिशत रहेको थियो। अघिल्लो वर्ष बैकको लाभांश दर २० प्रतिशत रहेको थियो।
बैकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्। बैकले गत वर्ष दुई अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको थियो। बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ रहेको बैकको नेटवर्थ १५८.६२ रहेको छ।
आर्थिक वर्ष | बोनस शेयर | नगद लाभांश | जम्मा लाभांश |
2075/2076 | 12.75 | 12.75 | 25.5 |
2074/2075 | 16 | 0 | 16 |
2073/2074 | 10 | 10 | 20 |
2072/2073 | 16 | 16 | |
2071/2072 | 23 | 23 | |
2070/2071 | 21 | 4 | 25 |
(राजु पाैडेलकाे म्यासेनजरबाट) ।