त्रिशूली वाङ्मयमा डङ्गोल

राजेन्द्रमान डङ्गाेल

त्रिशूली वाङ्मयमा राजेन्द्रमान डङ्गोल चयन

त्रिशूली वाङ्मय प्रतिष्ठानको ११औँ साधारणसभाले कवि आरएम डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नुवाकोटेली साहित्यकारले विसं २०६६ मा स्थापना गरेको सो संस्थाको कार्यसमितिको उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिव श्यामराज पाठक, सचिव राजेन्द्र घिमिरे, कोषाध्यक्ष लक्ष्मी रुम्बा चयन हुनुभएको छ । सदस्यमा वैरागी जेठा, प्रभाती किरण, पुरुषोत्तम रिजाल, भैरवी ढुङ्गाना, उत्तम विचार, सन्तोषी अधिकारी र जय ओझा रहनुभएको छ । संस्थाको सल्लाहकार श्रीहरि फुँयाल, शारदारमण नेपाल र दीपक महत हुनुहुन्छ ।

सो संस्थाले हरेक दशैँ अगाडि शारदीय कविता उत्सव, ‘त्रिशूली त्रिवेणी’ पत्रिकाको प्रकाशन, मुलुकको विभिन्न भागमा साहित्यिक यात्रा, जल पर्यटन यात्रा, साहित्य र पर्यटन प्रवद्र्धन आदि गतिविधि गर्दै आएको छ । अध्यक्ष डङ्गोलले आगामी दिनमा ती कामको नियमितताका साथै अक्षयकोष खडा गरी राष्ट्रिय र जिल्लास्तरका एक स्रष्टालाई वार्षिकरूपमा पुरस्कार प्रदान तथा मासिक साहित्यिक परिचर्चाजस्ता गतिविधि गरिने जानकारी दिनुभयो । –––