नौमती बाजा प्रतियोगिता

स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा तानसेन नगरपालिका–५ सेतीपोखरीस्थित सेतीपोखरी धर्मपानी नौमती बाजा समूह प्रथम भएको छ । प्रथम हुने समूहले रु ५० हजारको पुरस्कार प्राप्त गरेको छ । तानसेन नगरपालिका–७ काजीपौवास्थित लालुपाते नौमती बाजा समूहले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । दोसो हुने समूहले रु २० हजार पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी तेसो हुने तानसेन नगरपालिका–११ स्थित चण्डीका टोल विकास संस्थाले रु १० हजार पुरस्कार जित्न सफल बनेको छ । सफल समूहलाई तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पुरस्कार वितरण गर्नुभयो ।

विजयी समूहले भगवती जात्रामा बाजा बजाउनुपर्ने चलन रहेको छ । प्रतियोगितामा पाल्पाका १० नौमती बाजा समूह सहभागी थिए । रासस