निलिमा पुनले ल्याइन परदेश गएका नेपाली चेलीहरूकाे यथार्थ पीडा

 काठमाडाैं, ३१ साउन ।

जनगायिका निलिमा पुनले परदेशमा गएर काम गर्ने नेपाली चेलीहरुको कथा र व्यथालाइ समेटेर नयाँ तीज गीत जनसमक्ष ल्याएकी छन् ।  जनगायक जीवन शर्माको युट्युव च्यानलबाट  जनगायिका पुनको ‘प्रदेशी चेलीको बेदना’ २०७६साउन३० गते सार्वजनिक गरिएको हो ।

निलिमाको तीज गीतमा  आफ्नो मातृभूमि छोडेर रोजगारीका लागि  प्रदेश पुगेका नेपाली चेलीहरुको मर्मस्पर्शी भावना समेटिएको छ । गीतमा शब्द र लय स्वयं निलिमा पुनकै रहेको छ भने स्वरमा उनलाइ बिमा पुन र सुकमाया बुढाथोकीले साथ दिएका छन् । गीतको एरेन्ज नारायण दङ्गालले गरेका छ्न भने दृश्य सम्पादन तुलसी बास्कोटाले गरेका छन् । गीतमा रक्तिम साँस्कृतिक अभियानमा लामो समय क्रियाशील रहेका धेरै कलाकारहरुको नृत्य र अभिनयलाई समेटिएको छ ।

पूरा गीत यस्तो छ :


बर्षदिनको तीज पनिआयो फेरि घुमेर 
परदेशमा काम गर्दै गयो उमेर 

पाखुरीको भरमा पनि बाँच्न हामी नपाउँदा 
सम्झनाले रुन्छ मन चाडवाड आउँदा

बाध्यता र विवशताले देश छाडी आइयो
सुख खोज्ने रहरमा दुःख पाइयो 

राम्रो काम दिन्छु भन्दै दलालले फसायो
घरका जहान सम्झी सम्झी रुने गरायो

जीवन सधैं जोखिममा छ ढुक्क कहिले हुदैन
मालिकलाई कानुनले छुँदै छुँदैन 

अत्याचारको सीमा हुन्न घरभित्रको धन्दामा
सिधासादा दिदीबहिनी पर्छन् फन्दामा

कोही पुग्छन् कोठीभित्र कोही पर्छन् जेलमा
बन्दी बनी बित्छ जीवन आँसु भेलमा 

काम खोज्दै दिदीबहिनी परदेश नधाउनू
जति दुःख परे पनि देशमै रमाउनू

अब भिडियो पनि हेर्नुहोस्

IME Remittance