खेम थपलिया पक्राउ

२५ साउन, काठमाडौं । प्रगतिबादी लेखक खेम थपलिया गिरफ्तार भएका छन् । थपलिया प्रगतिशील लेखक संघका पूर्व उपाध्यक्ष समेत हुन ।

शनिबार दिउसाे बागबजारबाट पक्राउ परेका थपलिया कहाँ राखिएका छन थाहा हुन सकेकाे छैन । उहाँलाइ बागबजरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  सशस्त्र प्रहरीको इन्टिलिजेन्स युनिटले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको कुर बताइएकाे छ ।

यसैबीच प्रगतिशील लेखक संघले उहाँकाे रिहाइकाे माग गर्दै प्रेस विज्ञप्ति जारी गरेकाे छ । संघका अध्यक्ष जीवेन्द्रदेव गिरी र महासचीव समीर सिंहकाे संयुक्त हस्ताक्षरमा जारी उक्त बक्तव्यमा भनिएकाे छ ः
‘गतिशील लेखक सङघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष, नाट्यकार एवम् प्रगतिशील स्रष्टा खेम थपलियाको गिरफ्तारी एवम् यस सङ्घकै काठमाडौँ शाखाका केही वर्तमान पदाधिकारीप्रति गरिएको अमर्यादित व्यवहारप्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । जनताको ठुलो सङ्घर्ष पश्चात् प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यतिखेर वामपन्थी नेतृत्वको सरकारले नेतृत्व गरिरहेको छ । यस स्थितिमा शान्ति, विकास र समृद्धिको जनचाहना पनि उत्तिकै जीवन्त छँदै छ । तर नेपाली राजनीतिमा पछिल्लो चरणमा देखिएका केही अस्वाभाविक परिघटनाले नेपाली समाज पुनः द्वन्द्वतिर जाँदै गरेको आभास हुनु निश्चय पनि सुखद कुरा हुन सक्तैन । नेपालका सबै वामपन्थी लेखकहरूको साझा मोर्चाका रूपमा रहेको प्रगतिशील लेखक सङ्घ आफ्नो सङ्घमा आबद्ध सम्पूर्ण लेखकहरूका साथै कुनै पनि लेखकलाई राज्यको तहबाट अमर्यादित व्यवहार गरिनु हुँदैन र अनावश्यक चुनौतीको सामना गर्नु पर्ने अवस्था आउनु हुँदैन भन्ने मान्यता राख्तछ । अतः प्रगतिशील लेखक सङ्घका पूर्व उपाध्यक्ष खेम थपलियाको यथाशीघ्र रिहाइको माग गर्दै लेखकहरूप्रतिको अमर्यादित व्यवहार बन्द गर्न यो सङ्घ जोडदार माग गर्दछ । साथै हाम्रो संस्था वार्ता संवादको माध्यमबाट सहअस्तित्व र मेलमिलापको भावनालाई उच्च प्राथमिकतामा राख्तै राजनैतिक समस्याको समाधान गरिनु पर्दछ भन्ने ठान्दछ । ‘

IME Remittance