भारतीय जनता पार्टीकी एक सशक्त नेतृ तथा भारतका पूर्व विदेशमन्त्री शुष्मा स्वराजको निधन भएको छ । ६७ वर्षको उमेरमा उनकाे निधन भएको हाे । केही समयदेखी भारतकाे दिल्लीस्थित एम्स अस्पतालमा उपचार भैरहेकाे थियाे । २५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीन पटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सात पटक सांसद भएकी थिइन् । उनी एक प्रखर प्रवक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक समेत थिइन। उनकाे पार्थिव शरीरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले श्रद्धान्जली दिएका छन् । भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले एक असाधारण नेताको निधनको शाेकमा रहेको बताएका छन् । उनले सुषमा एक असल नेता र बक्ता भएकाे र उनकाे कार्य शैली असाधारण भएकाे कुरा ट्वीट गरेका छन ।
विभिन्न समाचार सुत्र अनुसार सुष्मा स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि भारतीय जनता पार्टीकाे कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ ।