सुदुर पश्चिम यात्रा एक अनुभुति


– युवराज आचार्य 

एकाविहानै सिनियर ईन्जिनियर सतिश निरौला सरले फोन गर्नुभयाे, यूवराज भाई ! एउटा काम छ , तपाईको फूर्सद छ ? राम्रोसंग निद्रा खुलिसकेको थिएन मैले उंहाको कुरो बुझन सकिन । भर्खर ईन्जिनियरिङ सकेको मैले कामको प्रकृतिको कुनै कल्पनै नगरेर छ सर भन्दै जवाफ फर्काए । त्यसपछि उहाले म संग AEWC को काम छ । गर्नुहुन्छ ? भन्नुभयो । हुन्छ, मैले फर्काए । त्यसपछि उहाँले कामको प्रकृतिवारे मलाई जानाकारी गराउनुभयो । त्यो दिन थियो, २०७२ साल फल्गुन २६ गतेको । त्यसैको भोलिपल्ट सर संग गरेका सहमति तथा सम्झौताहरुको मैले निस्स्वार्थ रुपमा पालना गर्नुपर्ने दिन र फागुन २८, २९ र ३० गतेको अनेरास्वियू(छैठौं) को ऐतिहासिक राष्ट्रिय परिषद बैठकमा भाग लिन पाल्पाको तानसेन प्रस्थान गर्नुपर्ने दिन पनि एउटै परेकाे थियाे । मनमा दुविधा नहुने कुरै थिएन । पाल्ला जाउँ या सुदुरपश्चिम ? मनमा उठेका विपरित ज्वारहरुलाई शान्त पार्दै अन्तत दुवै ठाउँमा उपस्थित हुने निर्णय गरेँ ।
सबै साथीहरु भोलीपल्ट बेलुका ६ बजेको रात्री बसमा बुटवलको निम्ति यात्रा तय गरियो र भोलिपल्ट बिहान करिब ६ बजे बुटवल झरियो र अन्य साथीहरुसंगै सुन्दर नगरी पाल्पाको यात्रा तय गरियो । बिहान करिब ९ बजे पाल्पाको तानसेन पुगेर निर्धारित कार्याक्रममा सहभागि भईयो । तानसेनको करिव ३ दिनको बसाई अविश्मरणिय भयो । सवै साथीहरुसंग सुन्दरनगरी पाल्पाको श्रीनगर डांडाको भ्रमण सम्झनलायक बन्यो । अन्तिम दिनको उक्त भ्रमणसंगै कार्यक्रम समापन गरेर सवै जना आ–आफनो घर फर्कने तयारी गरिरहंदा मलाई भने नाम मात्रै सुनेको नेपालकै सुन्दर तर राज्यको सिधा पहुंचबाट टाढा रहेको सुदुरपश्चिमको काल्पनिक तस्विरले चिमोटिरहेको थियो । सम्भब भएका साथीहरु संगै बुटवल सम्म साथै आईएपछि करिव २ दिन अगाडी देखि बझांग जिल्लाको चैनपुर जाने बाटो तथा माध्यम सोधपुछ गरेका सुदुरपश्चिम का साथीहरुको को साथ लागि अन्य साथीहरुलाई बुटवलबाट बाई बाई गरियो । त्यसपछि केहि साथीहरुसंगै करिब ६ बजे कैलालीको अत्तेरिया जाने नाइट बस चढियो । भोलिपल्ट बिहानै करिव ६ बजे तिर हामी अत्तेरिया झ¥यौं । तर त्यहा एउटा दुखद घटना हामीमाझ आईलाग्यो, साथी एकजना साथीको सामसुङ्ग को करिव १६ हजार पर्ने मोवाईल सेट राति गाडीबाटै हराएछ । हामी सबै झसङ्ग भयौ तर के नै पो गर्न सक्थ्यौ र ? सबैमा निराशा छायो र त्यसका बाबजुत हामी सबै जना आ–आफ्नो यात्रामा लम्किने कोशिस गर्यौ । चितवन बाट पश्चिम एक पाईला नचालेको म एक्लै चैनपुर पुग्न त्यति सजिलो थिएन त्यसैले मलाई थप सुझाव सल्लाह को खाँचो अवश्य थियो, त्यस खांचोलाई म संगै अत्तेरिया जानुभएका साथीहरुले चैनपुर पुग्ने बाटो बताईदिनुभया र साथीहरु बिदावादी हुनुभयो । मेरो केहि बेरको एक्लो प्रतीक्षा पश्चात मैले टिकेट काटेको गाडी आइपुग्यो । गाडीमा मालिकसंग सिटको विषयमा केहि विवाद भई सिट मिलाएर म सिट मा बसें । र शुरु भयो बाझांङ जिल्लाको सदरमुकाम चैनपुर सम्मको यात्रा ।
यात्रुले खचाखच भएको गाडीमा गाडीको हर्न संगै सुदुर पश्चिमेली भाका शुरु भयो । सबैजना पैसा कमाउन भारतका विभिन्न ठाउँ गई आफ्नो श्रम बेचेर दुई चार पैसा जम्मा गरेर आफ्नो घर परिवारलाई सम्झेर आफ्नो गाउँ फर्केका युवाहरु देखि महिला बालबालिकाहरु बुढाबुढीहरु जो एक अर्कालाई पहिला नै चिनिसकेका थिए तिनीहरुको बिचमा म एक्लो थिएं । मैले चिनेको देखेको जस्तो अनुहार कुनै थिएन । केवल मेरो चिनजान त खनक्क ९०० रुपयाँ तिरेर पाईने पैसा तिरेको प्रमाणित गर्ने कागजी खोस्टो दिएको गाडीको मालिक संग थियो । गाडीभित्र कोहि रक्सीको नसामा थिए त कोहि गफको तालमा, अलिअलि हिन्दी त अरु बाँकी के हो के । उनीहरु मिक्स भाषा बोलेका थिए , एक अर्थमा मलाई असाद्धै झ्याउ लागिरहेको थियो त एक अर्थमा उनीहरुको भाषा न हो यदि मैले यो भाषा बुझ्ने भए मलाई काम लाग्ने कुरा पो गरिरहेका थिए कि ? भन्ने सोचें र यहि कुरालाई मनन गरि मैले त्यसैमा आनन्द लिएं । करिव ८ किलोमिटर को समथर भूभागको यात्रा पछि गाडी उकालो चढ्न थाल्यो । सुरिलो बाँसुरी संगै सुदूरपश्चिमेली भाकामा मन्त्रमुग्ध हुँदै ड्राइभरले आफ्नो गतिमा गाडीलाई अफ्ठ्यारा घुम्तीहरुमा वलट्यांङ पल्ट्यांङ बनाउदै उच्च पहाडको भिरमा यात्रुहरुको मुटु भुक्क फुल्ने बनाउदै गन्तब्य पछ्याईरहेको थियो । दिउसको खाजा खाने बेला पनि भएछ ड्राइभरले गाडी रोक्यो सबै जना खान खाजा खाए मा पनि खाएँ र एकछिनमै गाडी हिड्ने हर्न बज्यो उक्त हर्न बजे संगै भेडाबाख्रा झैँ लाग्ने गरि मान्छे हरु गाडीमा छिरे र आ आफ्ना सिट हरु मा कब्जा जमाउन थाले ।
गाडीमै चढ्दै को वेलादेखि सुंघेको रक्सीको गन्ध को परिमाण खानापछि झनै बढेर गयो , यसपाली त मेरै आडमा स्टाफ सिट मा बसेको मान्छेले पनि लगाएछ, हेर्दै भलाद्मी तथा राजितिज्ञ जस्तो लाग्ने मैले राम्रोसंग चिनेको आदर गर्ने मान्छेको हुलिया मिल्ने त्यो मानिसलाई हेर्दै उहाँको कल्पना गर्दै त्यो नयाँ ठाउमा मैले मन केहि राहत महसुस गरेको थिए र बेला बेलामा बोलि लटपटाउदै म संग कुराकानी गर्न खोज्थ्यो खासै नराम्रो कुरा नगरेकोले र म पनि उसको कुरोमा समर्थन गरिदिन्थे र उ झन् खुसि हुन्थ्यो । यत्तिकैमा हाम्रो यात्रा अगाडी बढेको थियो म बेला बेलामा झ्याल बाट बाहिर चिहाउथे । पहाडमै जन्मे हुर्केको भएता पनि तराइमा जन्मे हुर्केका मानिसहरुले हामीले घाँस काट्ने खरवारिमा पाइला टेक्दा जसरि डराउँछन् त्यसभन्दा कयुं गुणा डर मलाई लागेको थियो र गाडीको छेउपट्टिको पाङ्ग्रा त पिच गरेको बाटो मा नै छ कि छैन मालाई शंका लाग्थ्यो । तर गाडीको ढोकामा झुण्डीएका कन्डक्टर र खलासीलाई हेरेर मन दह्रो पारि अगाडी फर्कन्थे । सिमसिम पानी संगै दिनलाई अँध्यारोले पनि छोप्दै थियो , करिव ५ बजेको थियो होला ६ ,७ जना जति स्कुले छात्रा हरु गाडी कुरेर बसेका रहेछन । उनीहरुले गाडी रोक्न इसारा गरे त्यो देखेर स्टाफ सिटको मान्छेले गाडी रोक्न दबाब दियो र गाडी रोकियो पनि । अब मैले सोचे यो मान्छे त पक्कै यसै क्षेत्रमा राजनीति गर्ने मान्छे नै हो । अलपत्रमा परेकालाई उसले दर्शाएको सहानुभूति प्रति मेरो पनि मौन समर्थन थियो । सबै गाडी चढ्न पाएपछि ती छात्राहरु केहि ठुलै उपलब्धि प्राप्त गरेसरी खुसि देखिन्थे । तर गाडी भित्रको माहोल भने उनीहरुले सोचे भन्दा भिन्न थियो होला । डुंगडुंगती रक्सि गन्हाउने त्यसमाथि खचाखच यात्रुले भरिएको गाडीमा खुट्टा राख्ने ठाउ समेत थिएन जे होस् बल्ल तल्ल उनीहरु गाडीमा छिरे र पानि को ओत लाग्नुको साथै हिड्नुको थकान बाट पनि मुक्त भए ।
अब भने स्टाफ सिटको नेताज्युको ध्यान म बाट सिधै ती छात्राहरु तर्फ मोडियो । ठेलमठेल भएर उभिएका ति छात्राहरुलाई पछाडी सराउने निहुँमा उसले हातले उनीहरुलाई पर सर भन्दै ठेल्न थाल्यो । ति छात्राहरु चिच्याउथे आखिर जाने कतै ठाउँ नै थिएन । यसमा उक्त नेताज्यूले २ ओटा गम्भीर गल्ति गरेको थियो एक उसले ति छात्राहरुलाई मुखैले पछाडी सर भन्नु पर्ने मा हातैले छोएर भनेको थियो दुइ उसको हात अन्त कतै नभएर ति छात्राहरुको बक्ष्यस्थलमा थियो । आखिर नचिच्याउन पनि कसरि ? दिन दहाडै आफ्नो अभिभावक जस्तो मान्छेले रक्सीको नसामा जहाँ पायो त्यही हातले स्पर्श गर्छ । यसो भईरहँदा गाडिभित्रका मानिसहरु कोहि केहि बोलेनन् मेरो पनि केहि भन्ने हिम्मत आएन । आफ्नो झोला र किताब लाई छातीमा च्यापेर उसको हातमा पर्खाल खडा गरिदिने प्रयासमा थिए । उनीहरु पनि केहि भन्न सकेनन मात्र रुन्चे अनुहार बनाएर लाज मानी भुइन्तिर मुन्टो लगाए । यस अवस्थामा आफ्नो गाउँतिरका मान्छेको नाताले गाडीका मान्छेहरु केहि बोल्नुपर्ने तर कोहि केहि बोलेन । मलाई लग्यो बलात्कार गर्ने लाई नि छुट दिन्छन कि क्याहो यिनीहरु ? सायद यहि नै होला कारण यतातिर बलत्कारका घटनाहरु धेरै घट्ने भन्ने शंका काटें । मलाई त्यो मान्छे र गाडीका मान्छेहरु दुवैसंग रिस उठेको थियो । तर ठाडो रुपमा मैले बिरानो ठाउँमा केहि बोल्न नसके पनि उसलाई विभिन्न नयाँ कुराहरु सोधी उसको ध्यान छात्राहरुबाट भंग गर्ने प्रयास भने गरेँ । केहि समयपछि सफल पनि भए उसले फेरि म संगै कुरा गर्न थाल्यो । त्यसपछि ति छात्राहरुले केहि राहत महसुस गरेको अनुभूति मलाई भयो आपसमा कुरा गर्न थाले । मलाई खुशी लग्यो । करिव १ घण्टापछि ति छात्राहरु गाडीबाट त्यो मान्छेलाई धारे हात हाल्दै झरे । उच्च पहाडी भेगमा पानी परेकोले होला निकै चिसो थियो । काठमान्डौमा जत्तिकै गर्मीको अनुमान गरेको भए त मारिने नै रहेछ । धन्न जकेट भने हालिएछ । टाउकोमा अर्कै जकेटको बाक्लो टोपी लगाई कुक्रुक्क परेर रात कटाइयो । बिहान झिसमिस उज्यालो हुँदा चैनपुर देखि करिव ६ किलोमिटर तल सेती खोलाको फाँट हल्का देखिन थाल्यो एक बिहानै झिसमिस उज्यालोमा पनि त्यहाँको दृश्य अत्यन्तै मनमोहक थियो । झ्याल बाट बाहिर तिर मोडीएका मेरा आँखाहरु भित्र तर्फ फर्कन मानेनन् बल्ल काठमान्डौको धुलो र धुवा लाई त्यहाको अक्सिजन ले सफा गरेको अनुभव मिल्न थाल्यो । मेरा आँखाहरु फेरि क्षितिज तिर मोडिन पुगे केहि तल निस्पट अँध्यारो देखिने तर माथि भने रातो सुर्यको किरण संगै क्षितिज मा टल्केको हिमाल ले मलाई हाँसेर स्वागत गरेको थियो । सेतीखोला फाँट संगै नजिकैको सेतो हिमालको दृश्य हेर्दा लाग्थ्यो पत्रिकाहरुमा देखेको र बर्णन गरेको रमाइलो दृश्य को साक्षात् साक्षी आज म नै छु । मेरो छाती गर्वले फुल्थ्यो । वाह मेरो देश ! यत्तिकैमा बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुर आईपुग्यो । मा बसपार्कमा गाडीबाट झरे । मैले चिनेको मान्छे त्यहाँ कोहि थिएन । तर मैले म जे कामको लागि त्यहाँ जाँदै थिय त्यो संग सम्बन्धित मान्छेलाई भेट्नुको कुनै विकल्प थिएन । खल्तीबाट मोबाईल निकाले नम्बर खोज्न लाग्दा स्विच अफ भयो । यसो आँखा घुमाए वरपर कतै टेलिफोन सेन्टर पनि थिएन त्यसैले टिकेट काउन्टरमा गएर एक जना दाजुसंग मोबाइल मागे उसले के कसो मेरो बारेमा सोधेर मोबाइल दियो । धन्न मलाई एक जनाको फोन नम्बर भने थाहा रहेछ । सिधै कल गरें उनले फोन उठाए र मलाई रिसिभ गर्न मान्छे पठाउने कुरो गरे म यस्तो ठाउमा छु भन्दै फोन काटें । सायद म अफ्ठ्यारोमा परेकोले होला सहयोग स्वरूप त्यो काउन्टरको दाईले फोनको पैसा लिन मानेन । केहि बेर चिया पसल र चौतारी गर्दा गर्दै मलाई रिसिभ गर्ने मान्छे पनि आइपुग्यो । उसले नजिकबाट मैतिर हेरेको थियो मलाई त्यही मान्छे हो भन्ने शंका लगेर तपाई शेर बहादुर जी को मान्छे हो ? भन,े उसले हो भन्यो र मलाई नमस्कार ग¥र्याे मैले फर्काए र हातले ईसरा गरि उसलाई अगाडी लगाए । पर सेती खोला बगरमा ४ ओटा कुर्सि सहित २ जना मान्छे हरु कुर्सीमा बसेका थिए । आफ्नै बुवाको उमेरका लाग्ने उनीहरुले मालाई देख्नासाथ नमस्कार सर भने मलाई लाज लग्यो । लाज मानेर के गर्नु उनीहरुलाई आफ्नो नियन्त्रणमा राखेर कम सिद्ध्याउनु पर्ने छ अफ्ठ्यारो माने आँफु कमजोर भैइएला भन्ने डर, मैले लाजलाई जबर्ज्स्ति पचाउंदै नमस्कार फर्काएं । उनीहरुले ईसारा गरेबमोजिम नजिकैको कुर्सीमा मा बसे । मेरो लागि चिया अर्डर गरियो तर केहि छिन पहिला पिएकोले मैले रिजेक्ट गरे । त्यसपछि हाम्रो कुराकारी शुरु भयो मैले म त्यहाँ पुग्नुको खस उधेश्य बताए उनीहरु खुसिका साथ् मलाई सघाउन राजि भए । नहुन पनि कसरि बैकल्पिक उर्जाले दिने पुरा अनुदानको रकमको आधि रकम खर्च गरिसकेका र बाँकि आधि रकम उनीहरुलाई दिनको लागि त्यहाँको समग्र संरचानाको स्थिति समुदायको राय सुझाब उनीहरुका महत्वपूर्ण कागजातको निरीक्षण लगायतका कामहरुको लागि म त्यहाँ गएको थिएं । केहि क्षणको कुराकानीपछि भोलिपल्ट बिहानै पावर हाउस मा बिहान ७ बजे पुग्ने बचाका साथ् उनीहरुले बुकिङ्ग गरिदिएको होटेलमा दिनभरी आराम गर्न हिंडे । होटलमा पुगेर खाना खाईसकेपछि रुम मा गएं र दिनभर सुतेर करिव २ दिनको लगातार बसको यात्राले चिढिएको दिमागलाई केहि हदसम्म शान्त पारेँ । थाकेकोले होला खासै निद्रा भने परेन ।
बेलुकाको खाना खाईसकेपछि फेरि सुत्नैमा लागियो । निद्राले बेहोसै भईएछ क्यारे ७ बजे पुग्नुपर्ने ठाउंमा एक घण्टाभ अघिदेखि लघु जलविधुत आयोजना का कार्यसमिति अध्यक्ष ज्यू कुरिरहेका रहेछन । कुर्दा कुर्दा हत्तु परेर ७ बजे त मेरै ढोका ढकढकाउन पो आईपुगे । जूरुक्क उठेर ढोका खोले अध्यक्ष ज्यूले गुडमर्निङ बके मैले फर्काय, केहि समयको बाथरुम कुराईपश्चात आफनो ड्रेसमा सजिएर ढोकामा ताल्चा लगाई उनको पिछा लागे । केहि बाहिर पुगेपछि उनले आफनो बाईकमा बस्न अह्राए र म बसे पनि । कच्चि बाटोमा गल्डाङगुल्डुङ गर्दै सेति नदिको तिरैतिर नदिको मुहानतर्फको भागमा लागियो । करिब एक घण्टाको यात्रापश्चात गन्तव्य अर्थात पावर हाउस पुगियो । पुग्नासाथ कसैको वास्ता नगरि म आफनो कामतर्फ लागें । नजिकै रहेको दुई चार घरहरु भएको वस्तिबाट आएको आवाजले मेरा आंखालाई फिल्डबुकमै छोडि ंमस्तिष्कलाई तानेर लाग्यो जुन अहिले पनि नेपालका अति दुर्गम ग्रामिण भेगहरुमा मैले सुन्दै आईरहेको छु । त्यो थियो एउटी तरुण महिलाको आवाज जसले ,ओ भाया को आया हुन ? भत्ता दिन्या हुन कि हईनन् ? भन्दै थियो । तर त्यो भन्दा पहिले मसंगै संगै गएका अध्यक्ष ज्यू ले सर आका छन आउ भन्दै थिए । सायद उनको उत्तरमा प्रतिउत्तर थिया ेहोला त्यो । सयौं अति दुर्गम वस्तिहरुमा म पुगेको छु, र त्यहां मैले भोग्दै आएको छु एउटै मात्र पिडा भत्ता नपाए आफनो हितको निम्ति आएको मान्छेको कुरा नसुनिदिने । सांचिकै मनमा पिडा हुन्छ अहिले पनि त्यति दुर्गम तथा अत्यासिलो ठाउंमा भएर पनि विकाशका आयोजनाहरु जांदा त्यसलाई आफनो सकृय सहभागिता द्धारा सम्पन्न पार्नु त काहा हो काहा हाई काड्दै बसेर खाजा र भत्ता बुज्ने अनि जिउ तताउन चल्ने चलन त्यहांको संस्कारको रुपमा विकशित भईरहेको देख्दा । आखिर तिनै एनजिओ आईएन जिओ नै त हुन यस्ता विकाश गर्ने, जसले विकट वस्तिमा विकाश गर्ने तथा त्यहांको सामाजिक चेतनास्तरलाई माथी उकास्ने प्रतिबद्दता जनता र सरकारसामु गरेका छन् । यसरि प्रतिबद्दता गरेर त्यस प्रकारको संस्कारको विकाश गराउनु पनि न्यायोचित छ, कति चित्तबुझदो छ त्यो कुरा सबैसामु घामजस्तै छर्लङ छ । र त्यो कटु सत्यलाई सरकारले के कति सम्म न्यायोचित बनाउन लागिपरेको छ त्यो पनि घामजस्तै छर्लङ छ । यस्तै कुराहरु मनमा खेलाउदै यस्तो देशबाट अन्त्य हुनुपर्दछ भन्ने निष्कर्षका साथ म आफनो काम सकाउन लागे । काम सकिसकेपछि त्यहाबाट अर्को स्टेशनमा पुगि त्यहि प्रकृतिको काम सकाई बझाङको जिल्ला सदरमुकाम चैनपूर फर्कियो । त्यो रात त्यहि होटलमा बसेर भोलिपल्ट विहानै करिब आठ बजेतिर पुन अर्को जिल्ला दार्चुलाको यात्रा तय गरियो । उहि अपरिचित मानिसहरु संगको यात्रा अनि त्यहि सुन्दर विरानो आफनै मातृभुमिमा जिपका चार पाङ्राको भरोसामा । डांडाको टुप्पोमा गुडेको गाडि झयालबाट देखिने करिब एक किमि को भिर नजिकै देखिने घुम्तिबाट उता पुगिन्छ कि पुगिदैन भन्ने भयका साथ बैतडिको खोड्पे झरि पुन दार्चुलाको गाडिमा म चढे । बैतडिकै भुभाग रहुन्जेल त पुरानो भय केहि हदसम्म मथ्थर भएको थियो तर जव दार्चुलाको सिमना आयो त्यो संगै पुरानो भय पुन ताजा बनेर मेरो मनमा आउन थाल्यो । मादक पदार्थ सेवन गरेर करिब ४० किमि प्रतिघण्टाको तिव्रता सहित गुडाईएको गाडि कतिबेला भिरबाट झर्ने हो भन्ने चिन्ता खुबै बढेर गयो । सायद मेरो भयले एउटा स्तर लिएछ क्यारे घरभित्र सजावटको लागि सिसाको बक्साभित्र चलेका माछाहरुझैं मेरा अनुनयि आफन्तहरु मेरो मनमा नाच्न थाले । विस्तारै अंध्यारो बढ्दै गएपछि मेरो त्यो भय विस्तारै शान्त हुदै गयो । अन्तत राती दार्चुला सदरमुकाम पुगियो, वारी नेपाल पारी ईण्डिया ।
रातको करिव ११ बजेको थियो मलाई रिसिभ गर्ने मान्छेले दिएको स्थान संगैका यात्रुलाई सोध्दै पुगे तर उ आएको थिएन । सायद लोडसेडिङ थियो होला बजार चकमन्न अंध्यारो थियो, संगैका यात्रु नजिकको होटलमा छिरे । तर मान्छे अझै आएन हुदा हुदा फोनै उठाउन छोड्यो । नजिकमा रहेको चौतारिमा बसि मोबाईल चलाउदै वारिपारीको दृष्य हेर्दै बसिरह्य तर उ आएन । माहाकाली नदिको पानीमा टल्केका पारीका विजुली वत्तिहरुले पारीको बजारको मेरो कल्पनालाई निमोट पारिदिय । पारी किनारमा सैनिक गस्ति तथा उनिहरुको रात्रि सत्रको तालिम चलेकोले होला बेला बेलामा ट्वाङ ट्वाङ गोली पड्काएको आवाज मेरो कानमा परिरह्यो । फेरि फोन गरे फोन उठेन उ पनि आएन । उ नआउनेनै भयो भनि म पहिला यात्रुहरु गएको होटलमा गई दाई कोठा छ ? भने तर उसले तत्काल नहिहे भनि फर्कायो र तरुन्तै गेटमा ताला लगाई घरभित्र छि¥यो । अब होटलको चहलपल पनि सकियो म मनलाई अमिलो बनाउदै जे हुन्छ हुन्छ भनि थ्याच्च चौतारिमा बसे र पुन डायल गरे तर फोन उठेन । त्यसपछि कुहिनाले घुंडामा आडेस लागाउदै हत्केला गालोमा पारी हातमै मावाईल समातेर बसिरह्य । केहि समयपछि उतापट्टि हेर्दा एउटा मान्छे आएको देखे, उ त्यहि नै रहेछ जसलाई भेट्नु मेरा लागि भगवान भेट्नु सरह हुन्थ्यो । उ नजिक आयो नमस्कार ग¥यो, नमस्ते फर्काई उसको पिछा गरे । मोबाईल किन नउठाको भने उसले काठामै बिर्सेछु फर्कायो । पांच सात मिनेटपछि उसको डेरा आयो, त्यहां पुगि खाना खाएर तत्कालै सुत्न लागियो ।
भोलिपल्ट बिहानै दार्चुला बजारमा मैले भेट्नुपर्ने मानिस आईपुगे, उनिसंगको सामान्य परिचय संगै पुन उनको पिछा लागें । करिब २ घण्टाको निकै अफ्यारो (जहां मोटरबाटोको लागि कुल्लिहरुले चट्टान खोपेर बल्लतल्ल एउटा मोटर अट्ने बाटो बनाएका थिए) पैदलयात्रापछि हामी उहि उपभाक्ता समितिको अध्यक्ष रहेको पावर हाउसमा पुगियो । त्यहांको कामसकाय पश्चात हामी पुन उहि बाटो दार्चुला बजारमा फर्कने निर्णय गरियो र बाटोबाट देखिने मनोरम दृष्यहरुको अवलोकन गर्दै फकियौं । जव नेपालको दार्चुला र ईण्डियाको धार्चुला एकैसाथ देखिने ठाउं आयो त्यहां हामी करिब एक घण्टासम्म बसेर धेरै कुराकानीहरु ग¥यांै । अध्यक्षले बजारको पुरानो स्वरुपको बारेमा निकै बेर गफ लडाय म सुनिरह्ये । तर मन जति नै समय वित्दै जान्छ त्यति नै गह्रौं हुदै गईरहेको थियो । त्यस बजारमाथी बरिब २ बर्ष अगाडि आईलागेको भिषण प्रकोप जसले धेरै संख्यामा घरहरु बगाएर सिँङगो बजारलाई बगरमा सबै सबै नेपालीहरुलाई स्तब्ध तुल्याएको थियो । तर सर्वसाधारण बाहेक नेपालका ठूला भनिने नेताहरुलाई भने कुनै प्रभाव पारेको रहेनछ । पारिपट्टिको सुन्दर, झिलमिल बजार धार्चुला सामु धेरै संख्यामा आधा भाग बगेका घरहरु तथा त्यो उराठ बगरमय बनेको दार्चुलाले लाज मानेर आफनो पिडालाई सहेर बसेको थियो । मैले सुनेको थिए त्यसबेलाको बाढिताका विभिन्न दलका नेताहरुले कुहिएका चामल र दुई चार झुत्राहरु लयेर दान गरेर पुण्य कमाएका थिय, जय होस उनिहरुको, सर्बस्व गुमाएकाहरुलाई चामलका गेडाहरु देखाईदिएकामा, दुईचार झुत्रा कपडा देखाईदिएकोमा । मेरो मन केहि अमिलो भईरहेको थियो, अध्यक्षले कुरा मोडिहाले जाउं सर अब । जुरुक्क उठेर झोला बोकि म उनको पिछा गरे । आधा घण्टापछि रुममा पुगियो उनको भाईले खाना बनाए सवैजना खानपिन गरि सुतियो ।
बिहानै म हिड्ने बेला भयो, मैले अध्यक्ष ज्यूलाई उठाए र भने सर म अब लाग्नुपर्छ, हिजो आएको बाटो साह्रै अफ्ठ्यारो छ, मेरो त मुटु नै काम्यो । उनि केहि नबोली जुरुक्क उठे र कहि नबोली लुगा लगाई बाहिर निस्के, म अलमल परें । बाथरुमको ५ मिनेटको बसाईपछि उनि म भएको ठाउमा आए र मलाई जाउं हिड्नुस भने म हुन्छ भनि उनको पिछा गरें, केहि मिनेट हिडेपछि सिमनाको झोलुगे पुलनिर पुगियो, साथमा केहिपनि नभएका उनि सरासर अगाडि गए तर म भने मेरो झोला खोलखाल तथा चेकिङको लागि अलमलिएं । त्यसपछि म पुल पार गरि धार्चुला बजार पुगें । त्यहां पुग्दा उनले धार्चुला देखि महेन्द्रनगर जिपको टिकट पनि ल्याईसकेका रहेछन् । उनले दिएको टिकट खल्तिमा राखेर हामी चिया खान गयौं । त्यसपछि उनिसंग काठमान्डौमा भेट्ने बाचासहित विदाईका हातहरु हल्लाई ईण्डियन जिपमा महेँद्रनगरतर्फको यात्रा प्रारम्भ गरियो । बच्चमा टोल छिमेका अंकलहरु ईण्डिया नोकरि गर्न जांदा मेरो मनमा सेट भएको ईण्डियाको तस्बिरको सम्भनामा ईण्डियाको उत्तराखण्डको भुमिमा चोडा बाटोमा सयौ घुम्तिहरुमा वल्ड्ङबल्ड्ङ गर्दै गर्दा म संगैको सिटमा बसेका सुदुरपश्चिमेली चर्चित गायक तथा नेपाल प्रहरीका केन्द्रिय अनुसन्धान ब्यूरोमा ईनिपेक्टर पदमा कार्यरत बिरेन्द्र जोहारीसंग परिचय भयो । यात्राभर धेरै गफहरु गर्दै महेन्द्रनगर नजिकै करिब ४० किमि टाढाबाट त्यो जिपले हामीलाई वाईवाई गर्ने जानाकारी गरायो । यसले हामीलाई अचम्मा पा¥यो, जोहारी जि आफनो परिचय पत्र देखाउदै ड्र्ईभरसंग डिसकस गर्न थाल्नुभयो तर उसले मानेन । अन्नत उहां हर्नुभयो अर्थात अब हामी अको साधन खोज्नुपर्ने अवस्थामा पुग्यौं । यताउता गर्दागर्दै एउटा जिप फेला प¥यो र हामी तुरुन्तै चढिहाल्यौं, करिब पौने घण्टामा हामी नेपनल भारत सिमनामा आईपुग्यौं । जहा हाम्रो गुमेको सम्पति थियो, हजारौं लिटर पानीले विदेशि भुमि सिंचित गराउने नहरमा पानीको सतहमै पल्टु कि जस्तो लाग्ने गरेर ताल परेर बगेको पानी थियो । तर आफनो देशतिर हेरें त्यहांको नहरमा माटोको थुप्रो थियो, आकार पनि उताको हातको नाडिजत्रो थियो भने यताको त्यहि नाडिको नसाजत्रो । आफनै पानी लानेहरुले बांधको नजिक एउटा पनि फोटो सम्म खिच्न दिएनन्, उल्टै खिचे क्यामरा खोस्ने धम्कि पो दिए । मलाई हदैसम्मको अचम्म लाग्यो । फेरि तिनै नेताहरुलाई सम्झें, खाओ कति खान्छौ, एकदिन त पक्कै भुडि अघाएर चर्केर फुट्ला नि तिमिहरुको नफुटे निमुखा जनताले अवश्य फोर्नेछन् । मनमनै सोचें । नेपाल छिर्दा अंध्यारो भईसकेको थियो तर मन चाहि दिउसोको भन्दा कर्यौ गुणा उज्यालो । काठमान्डौ जाने गाडिहरु सबै दिउसो नै छुटिसक्ने कुरा थाहा पाए, कता कता कहिल्यै नपुगेको ठाउं केहि न्यस्रो भने अनुभव भईरहेको थियो । जोहारी दाईसंगको चिनजान अनि त्यो सौहार्दपूण सम्बन्धले मलाई निकै प्रभावित तुल्लयाईरहेको थियो । कहां बस्ने कता बस्ने भन्ने मनमनैको अन्यौलको बिच जोहारी दाईले मलाई एक होटलमा फोन गरि बस्नै ब्यवस्था मिलेको जानकारी गराए, तर आंफू भने प्रहरी कार्यालय जाने सुनाए । मञ्जुर भई उनको त्यहि तत्कालै उनले फोन गरि मगाएको बाईकमा बसि होटल लागे । होटलवालालाई ५०० एडभान्स बुझाई रुममा पुगे र जोहारी दाई पछि भेट्न आउने बाचासहित बिदा भए । बाथरुम गई फ्रेस भएर रुममा पल्टेको थिए, जोहारी दाईको फोन आयो । उनले भने ल तपाईलाई काठमान्डौ जाने गाडि पाईयो, तल झर्नुहोस । दिउसैदेखि म बारम्बार उनलाई काठमान्डौ जाने गाडिको छुट्ने समयको बारेमा सोधेको थिए त्यहि भएरै होला मनमा लिएछन क्यारे, गाडि पाईयो । म हर्षले फुरुङ भए, त्यसपछि भाmेला टिपि तल झरे । होटलवालासंग विदाई भई जोहारी छेउ पुगे र सोधे सर गाडि पाईयो हई । उनले हजुर फर्काए र लगात्तै उनले मलाई चोकतर्फ लगे । सांझको करिब ८ बजेको थियो, नयां दिल्लि बाट काठमान्डौको लागि छुटेको नेपाली बौद्ध तिर्थयात्रीहरु बोकेको गाडि आईपुग्यो । जोहारीले चोकका ट्रफिकलाई गाडि रोक्न पहिलै ह्विप जारी गरेका थिए । सोहिबमाजिम गाडि भनेकै ठाउेमा रोकियो म ढिला नगरि जोहारीसंग काठमान्डौ भेट्ने बाचासहित अंगालो मारेर विदाईका हातहरु हल्लाएं । वास्तममै यसप्रकारका उतारचढावपूर्ण अनुभुतिहरुले मेरो मस्तिष्कमा देशको दर्दनाक चित्र अनि मेरो देशका निमुखा जनताहरुको तस्विरलाई राम्रोसंग कोरेका छन् । तर जोहारीसंग करिब ३ बर्ष पुग्न लाग्दासमेत अझै भेट हुन सकेको छैन । हेरौं भेट हुदा हामी एकले अर्कोलाई चिन्छौं कि चिन्दैनाैँ । त्यो भेट कैले होला ?

IME Remittance