साउन- २० , बागलुङ
बागलुङको तमानखोला गाउँपालिकामा अविरल वर्षा सङै आएको पहिरोले पुरी तीन जनाको मृत्यु भएको छ।
आइतबार राती गएको पहिरोले सन्टारा गाउँको पाँच घर बगाउँदा तीन जनाको मृत्यु भएको हो ।घटनास्थल बाट पाँच जना घाइतेको उद्धार गरिएको छ। जसमध्ये तीन जनाको अवस्था गम्मिर रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ।