राताे लालिटन नयाँ अंक बजारमा

राताे लालटिन बर्ष १८ अंक १ अब बजारमा अाइपुगेकाे छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सांस्कृतिक सामाग्रीहरू बाेकेर याे निरन्तर जनसमक्ष अाइरहेकाे छ । यसलार्इ अझै स्तरीय र जनप्रिय बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट सर्वहारा वर्गका पक्षधर सबै जनसमुहकाे सहयाेग र सहाुनुभुित सदा अपेक्षित छ ।

युवामा भूमिगत भएका एक जनाको चिठी

 

(फिलिपिन्सको असफल वामपन्थी आन्दोलनको धेरै वर्षपछि एक जना कार्यकर्ताको सम्झना)

-पत्रिसियो ना. आबिनालेस

(पत्रिसियो न. आबिनालेस फिलिपिन्स विश्व विद्यालय–दिलिमान १९७२ को ब्याचको हुन्, जुन सालमा मार्कोसले सैनिक शासन घोषणा गरेको थियो । १९८६ अघि नायक भागेर देश छोड्यो भन्ने कुरा सुन्दा ऊ कामरेड र साथीहरुसँग सडकमै रोएर बसी रहेको थियो । अहिले उनी हवाई विश्व विद्यालयको प्यासिफिक र एसियाली अध्ययन विभागमा पढाउँछन् ।)

फेर्डिनन मार्कोस डिकटदोर बन्दा म १६ वर्षको थिएँ । ऊ र उसको निकृष्ट स्वास्नीको शासनमा म ३० वर्ष पुगेको थिएँ । त्यसैले साथीहरुले खानपिनका लागि भेटेर युवाकालका बारेमा सोध्दा म धेरैजसो हिच्किचाउँछु र मलाई अप्ठ्यारो लाग्छ ।धेरै जना साथीहरु यस्ता प्रश्नको जवाफ दिदा निजी कुरामा ध्यान दिन्छन् । उनीहरुले भन्लान्– मोजमस्ती गरे । रक्सी खाएँ । केटा अथवा केटीहरुसँग हिडे । बाआमाको पैसा उडाएँ । अलि गम्भीर हुनेहरुले आफ्ना समय राम्रा गुरुहरुसँग, पुस्तकालयमा वा जागिर खानेको तयारीमा बिताएको गर्वसाथ बताउलान् ।यस्ता जवाफ प्रायः व्यक्तिगत चरित्रको विकाससित सम्बन्धित हुन्छ । अवश्य पनि १६ देखि ३० वर्षसम्मका युवाहरुले आफ्नै विश्लेषण गरेर प्रौढ अवस्थासम्म परिपक्व हुन्छन् । यस सन्दर्भमा राम्रो सङ्गत भयो भने महत्वाकाङ्क्षालाई चुनौती दिन्छ, जसलाई कि जीत प्राप्त गर्नु पर्दछ कि हारेको खण्डमा असफलता स्वीकार्नु पर्दछ ।मेरो अनुभव अलि फरक थियो । म १६–१७ वर्षमा के गरी रहेको थिएँ भन्ने प्रश्न सोध्नेलाई यो जवाफ दिन्छु– ‘म साम्यवादी विचारधारा अनुसार नेतृत्व गरेको भूमिगत समूहको सदस्य बनेँ, जसको राष्ट्रभरि अधिनायकतन्त्र विरुद्धको आन्दोलनमा विद्यार्थी राजनीति पुनः निर्माण गर्ने उद्देश्य थियो ।विशेष मैले के के गरेँ भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर छ– अहिले मात्र खुला रूपमा भन्न सक्ने भएको छु । यही हो, म प्रचार प्रसारका लागि पत्रिका छापी रहेको थिएँ । कामरेड र नयाँ बनी रहेका नयाँ कामरेडहरुलाई सूचना दिलाई रहेको थिएँ । केही समयसम्म म आफै हाम्रा रक्षाका निम्ति पिलबक्स बन्ने बम बनाउन सिकी रहेको थिएँ ।त्यसमाथि म नक्कली पारिवारिक इतिहास रचना गर्ने कलामा पनि सिपालु बनेँ, उपनामहरु सम्झेर र सक्कली नाम र ठाउँ बिर्सेर समेत । अहिले पनि नाम सम्झन गाह«ो लाग्छ, बुढो भएकाले होइन, त्यही तालिमको प्रभावले गर्दा । हाम्रो आकाङ्क्षा के थियो ? कसैकसैले भन्थे– गलत आत्मविश्वास गरेर कि हामी ग्रामीण क्षेत्रमा पठाउने वा सहरमा पूर्ण रूपमा भूमिगत भएर जाने कार्यकर्ताको आदेशको तयारी गरेर बसी रहेका थियौँ । हाम्रो परिवार, साथीभाइ घिनलाग्दो बुर्जुवा जिन्दगीलाई पछि लागेर छोड्न र पुरै सर्वहारा बन्न तयार हुनु पर्दथ्यो ।हो, हामी यस लक्ष्यको निम्ति मर्न समेत तयार थियौँ ।हामीले पढ्ने सामग्री तथा हाम्रो तालिमले निर्देशन दियो– धेरै राजनीति र इतिहास, गणित र विज्ञान पुग्ने गरी मात्रै अध्ययन गर्नु पर्दछ । यसै गरी पढ्ने किताब र उपन्यास समेत तालिमले निर्देशन दियो ः माक्र्सको कम्युनिस्ट घोषणा पत्र, लेनिनको के गर्नु पर्छ ? र अवश्य, जोसे मा सिसोनको फिलिपिन समाज र क्रान्ति पनि अनिवार्य पढ्नु पर्दछ ।अमेरिकन लेखहरु पढ्न हामीलाई वञ्चित गरिएको थियो, साम्राज्यवादी संस्कृति प्रचार गर्ने स्वभाव भएको हुनाले । तर केही लेखलाई हामीले आलोचनाको रूपमा लिन्थ्यौँ । कार्लोस बुलोसन र कहिलेकाहीँ चोम्स्कीको दुई÷चार लेख हामी पढ्थ्यौँ । हलिउड फिल्म पक्कै पनि मनाही थिए । सटर्डे नाइट फिभर जस्तै जन ट्रभोको आश्चर्यजनक कम्मर भाचिने नाचको नक्कल गर्न डिस्को जान निषेध थियो ।राजनीतिमा चासो नदिने साथीहरुको विचारमा यस्तो पढाइ अनौठो मात्रै थिएन, (तँ मजदुर बन्न चाहन्छस् ? तँ जिन्दगीमा एक दिनको काम पनि गरेकै छैनस् । तेरो मर्ने धोको छ कि क्या हो ?) अति नै बोरलाग्दो पनि हुने थियो । (किताब पढेर रातभरि माओको छलफल गरेर मात्रै बस्छस् ?) । तर हामीले इतिहास हाम्रै पक्षमा थियो भन्ने मतमा विश्वास गर्दथ्यौँ । जनताकै लागि हामी राजनीति गरी रहेका थियौँ । हाम्रो बलिदान हाम्रो बालबच्चाहरुको फाइदाका निम्ति थियो ।हाम्रो विरोध गर्नेहरुको विचारलाई हामी हेप्दथ्यौँ । यी सानो मन भएकाहरुले हाम्रा उच्च उद्देश्य बुझेकै थिएनन् । त्यसैगरी हाम्रा उद्देश्यसित मतभेद राख्ने पुराना साथी टाढा राख्थ्यौँ । चन्दा लिदा वा भेट्न ठाउँ चाहिएको बेलामा कहिलेकाहीँ मात्रै उनीहरुलाई खोज्न जान्थ्यौँ । एक अर्थमा हामी उपकरणवादी थियौँ । तर पनि जनताका निम्ति हामी दस्तावेज थियौँ ।लामो अनुभवबाट हामी झन् दृढ भयौँ । जब गाउँतिर र मनिला बाहिरका सहरमा सफलताहरुको समाचार आयो, हामी सहिद भएका कामरेडहरुको विलाप र सम्मान गथ्र्यौं र जेलमा परेकाहरुसँगको एकबद्धता देखाउँथ्यौँ । समातिएकाहरुमाथि गरिएको यातनापूर्ण घटनाहरुलाई चर्चसामु उहाँ मार्फत् सार्वजनिक गराउँथ्यौँ । १९७० को दशक समाप्त हुन लागेको बेलामा क्रान्ति सफल हुने हाम्रो ठुलो अपेक्षा थियो । मात्रै हामीले यस्तो सार्विक विश्वास राख्नु पर्दथ्यो ।अनि, यसको फल प्राप्त भयो पनि । १९७५ डिसेम्बरमा फिलिपिन्स विश्व विद्यालयमा हामीले पहिलो जुलुस निकाल्यौँ । क्याम्पसमा सुरक्षाकर्मीका लाठीचार्ज खान पुग्यौँ । त्यसका बाबजुद मजदुर र गरिबसँग एकता देखाउन अर्को वर्ष अझै निर्भिक खालको विरोध प्रदर्शन गथ्र्यौं । त्यसपछि १९७७ मा ट्युसन फिस बढाउने मार्कोस सरकारको अचानक निर्णयले गर्दा देशभरि विद्रोही स्वभावका साथ हामी संयोजित रूपमा सडकमा निस्केका थियौँ । त्यस क्रममा फिलिपिन्स विश्व विद्यालयमा कक्षा बन्द भएपछि प्राध्यापक र प्रदर्शक समेत विद्यार्थीसँग कजेल हलमा जम्मा भएका थिए ।ट्युसन फिस बढाएकोमा विद्यार्थी तथा अभिभावकहरुको सामूहिक रिसको फाइदा उठानका लागि सैनिक शासन घोषणा भएदेखिको पहिलो विद्यार्थी सङ्गठन बनाउन मेरा कोही कमरेडहरुले जिम्मा लिएका थिए । यही नै हो सफलताको एउटा कदम । हामी एक–अर्कालाई भन्दथ्यौँ– हाम्रो धैर्यताको फल प्राप्त भई रहेको थियो ।तर हामी जति जति प्रतिबन्धित र कठोर बनेका थियौँ, हामी त्यति नै साना थियौँ । जीवनको रङ्ग–तरङ्गको प्रभावबाट आफूलाई बचाउन त्यति शक्तिशाली र सफल थिएनौँ । हाम्रा बुर्जुवा बानी बाँकी रही रहन्थ्यो वा केही समयका लागि फाल्न नसके पनि फेरि फर्केर आउथ्यो । कसैकसैले अमेरिकन फिल्म हेर्न भाग्ने पनि गर्दथे । भर्खर खोलिएको डुन्किन डुनोट्सको मिठाइ खाएर असीम आनन्द लिन्थ्यौँ । नेसनल बुक स्टोरमा सस्तोमा बेचिने हाम्रा उपन्यासहरुलाई गुलियो खाजा जस्तो मिठो मानेर निल्दथ्यौँ । एक जना कार्यकर्ता साथी पनि एक दिन द गडफादर (मलाई सबैभन्दा मन पर्ने फिल्म) हेर्ने अवसर लिन आएका थिए ।त्यसैगरी बैँसले मातेका मनहरुलाई पनि लाइनमा राख्न गाह«ो थियो । कार्यकर्ताले गर्न हुने र नहुने कुराको सूची दिए पनि, आन्दोलन बाहिरकासँग हिड्ने, कार्यकर्ताको आशिर्वाद बिना एक–अर्कासँग हिड्ने र यौन सम्बन्ध राख्ने, यौनको मोजमस्ती लिने कुरा रोक्न सकिदैनथ्यो । केही समयपछि साधारण सदस्यदेखि लिएर कार्यकर्तामाथि समेत पार्टीको नियम उल्लङ्घनमा यौन अवसरवाद भन्ने आरोप लगाइने गरिएको थियो । यस आरोपलाई धेरैले स्वीकार गरेर सजाय भोगेका पनि थिए । अरू कतिपयले ठुलो पदवाला भएका हुनाले केही सजाय लिनु परेन ।हामी २४÷२५ वर्षको भएपछि हाम्रा राजनैतिक विचार अलि कम कठोर हुन थाल्यो, विशेष गरी वरिपरि घट्ने घटनाले गर्दा । पहिलो खण्डमा अब बेस एरिया मा विद्यार्थीहरु चाहिएका थिएनन् । मजदुर किसान सङ्गठनहरु आफैले प्रतिबद्ध सदस्यहरु बनाउँदै थिए । उनीहरुलाई हामी जस्ता बुर्जुवा बुद्धिजीवीहरुको खाँचो थिएन । हामी अब आन्दोलनमा कामलाग्दो जस्तो देखिएनौँ ।मेरा लागि यस भ्रम निवारणले निराशा गराई दियो । कामरेडहरुले स्टालिन, माओ र पोलपोटले गरेका राजनीतिक कारवाहीको समर्थनमा बोलेको सुन्दा मलाई आन्दोलनमा बस्नै मन लागेन र केही समयपछि म निस्केँ । म इतिहासकार हुन खोजेको मान्छेले केही क्रियाकलाप नराम्रो भए पनि समाजवाद संरक्षणका लागि आवश्यक हो भन्ने कुरा स्वीकार्न सकिनँ । १९७८ सम्म म सहयात्री मात्रै भएर चित्त बुझाउन थालेको थिएँ ।अरू उमेर बढेका कम्युनिस्टहरु नयाँ पुस्तामा केही प्रतिबद्धताको प्रभाव नदेखेर हरेश खान थाले । सैनिक शासनमुनि हुर्काएकाहरुलाई १९६० दशकको आन्दोलनका बारेमा केही पनि थाहा थिएन । यस्तो अराजनैतिक अवस्थाले गर्दा त्यति बेलाका युवाहरु बरु आफ्नो देश वा विदेशमा राम्रो आम्दानी दिने कामलाई आकर्षित मानी रहेका थिए । प्रहरीको नजर जताततै भएकाले पनि यिनी सैनिक शासनका बच्चाहरु लाई कम्युनिस्टहरुको नजिक ल्याउन अत्यन्तै गाह«ो भयो ।समय अनुसारका परिवर्तन नगरिकन कसै कसैलाई कठोर लाइन लिए सैनिक शासनका बच्चाहरु को बेवास्ताका लागि कडा गाली गरियो । जबसम्म दुई धु्रवीय राजनीत फुट्ने अवस्थामा पुग्छ, तब उनीहरु जबर्जस्ती पक्ष लिनु पर्ने हुने छ भन्ने विश्वास गर्दै साथीहरु भन्थे— सङ्कटले छिटो राजनीतिकरण र क्रान्तिकारी विचार बढ्छ, अनि विद्यार्थी र अरू सबै जनता अवश्य पार्टीसँग आउने छ ।तर त्यही कुरा त्यसरी भएन । बरु १९८३ मा आकिनोलाई हत्या गरेपछि कुरा झन् झन् जटिल हुँदै गयो । हाम्रा मास बेस, विद्यार्थीहरु क्रान्ति बाहिरका समूहहरुका भटाभट सदस्य बन्दै गए । पहिलो चोटीमा हामी जसले आफैलाई महान् सर्वहारा दाजुभाइ, दिदीबहिनीका स्वर नै भन्ने ठानेका थियौँ, मनिलाका सुनैसुनका टोलका बुर्जुवाहरु सँगसँगै उभिएर एक जना मानव अधिकार टोडेर नाम  चलेको कर्नलसँग सहमति ग¥यौँ कि मार्कोसको काल आई सकेको थियो ।जति नयाँ थियो, त्यति नै अविश्वसनीय पनि थियो । तर पनि नयाँ राजनीति ले एउटा कट्टर र अपरिवर्तनीय विचारधारा, जसले झन् झन् जटिल हुँदै गएको र अति नै परिवर्तन भई रहेको राजनीतिक अवस्थालाई बुझाउन सकी रहेको थिएन । यस्तो राजनीतिक प्रणालीले अन्तिम दिनको पूर्व सूचना दियो । त्यसपछि १९८६ मा फिलिपिनो वामपन्थी संसार बिग्रियो । मार्कोस विद्रोही राजनीति गर्नेहरु, असन्तुष्ट सैनिकहरु, चर्चका प्रिस्ट र पास्टरहरु, मध्यम वर्ग र सर्वहारा वर्ग पनि समेटिएको एउटा सानो अव्यवस्थित समूहले मन्त्रीको विदाइपछि एकीकृत भएर वामपन्थीहरुको सहभागिता बिना अधिनायक तन्त्र ढाल्यो ।त्यति बेला नै थियो, जब हामीसँग हिँडेका साथीहरु ३० वर्षका भयौँ र फेबु्रअरी २६, १९८६ मा खर्खना र गाउँ जानु बाहेक अरू विकल्पमा पनि थियो भनेर महशुस ग¥यौँ । यी विकसित स्थिति कसरी पत्ता लगायौँ र के के गरेर कार्यरत भयौँ भन्ने कुरा अर्को लामो कहानी हो, जुन भविष्यमा लेख्ने लायक हुने छ ।१९७२ र त्यसपछिको १४ वर्ष निरङ्कुश शासनमुनिको युवा काललाई फर्केर हेर्दा यस्तो अनौठो मिश्रणको भावना मलाई लाग्छ । एकातिर, दुनियालाई राम्रो बनाउन खोज्ने आदर्श, आशावादी देशका लागि र गरिबकै लागि लडेको सदस्य हुँ भनेर गर्व लाग्छ । सडकमा उठेर लडेको हुनु एउटा साहस देखाउने, गर्वसाथ लगाउने तक्मा जस्तो छ । अर्कातिर, यस गर्वसँग घनिष्ट रूपले बाधिएको दुःख छ । किनकि हामीले राम्रोसँग सुरु गरेको कुरा बिग्रियो, झन् न्यायले निरङ्कुशतामाथि शक्तिशाली भएको बेलैमा । अब बुढेसकालमा बस्दा म यो तितोमिठो उपसंहार स्वीकारेको छु र यी कुरा कसरी भयो भनेर लेख्न थाल्नु आवश्यक भएको छ ।

IME Remittance