कालीमाटी बजार बिचाैलियाकाे कब्जामा ।

तरकारी तथा फलफूल बजार कालिमाटी विचौलियको कब्जामा रहेको गुनासो गरेका छन् ।  कालीमाटीलाई सरकारले पनि सुधार गर्न नसकेको बताउँदै उनले त्यसलाई बन्द गर्ने अवस्था आएको बताए । त्यहाँ सरकारको समिति छ तर केही गर्न नसकेको बताउँदै मन्त्राी खनालले दलाल र विचौलियाले किसानलाई प्रवेश गर्न नदिएको कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले बताए । 

झापा र मोरङमा एक रुपियाँमा कागती पाउँछ तर कालीमाटीमा एउटा कागतीको १० रुपियाँ लिन्छन्, यदि किसानलाई त्यहाँ प्रवेश गर्न दियो भने तरकारी सस्तो हुन्छ तर विचौलियाले कब्जा जमाएको छ अरु कसैलाई प्रवेश गर्न नदिएको उनले बताए । एउटा सिस्टम बनाई किसानको पहुँच त्यहाँसम्म पुर्याउनुपर्ने बताउँदै उनले दलाल र विचौलियाको दादागिरी बन्द गर्नुपर्ने बताए ।

कृषि मन्त्रालयमा बिहिवार आयोजित तृतीय चौमासिक तथा वार्षिक अवधिको प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खनालले एक दुईजनाका कारण मन्त्तालयले लिएको लक्ष्य हासिल गर्न नसकेको गुनासो गरे । 

याे समाचार राताेपाटी मा छापिएकाे छ ।

IME Remittance