सरकारले भ्रष्टाचारीलाइ धमाधम पक्रेकाे छ

प्रधान मन्त्री केपी अाेलीकाे साथमा पूर्व उपप्रधान मन्त्री चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचारीहरू धमाधम पक्राउ  परिरहेको बताए।


प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको कुरा बताएका छन । ‘अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो।

विभिन्न ठाउँमा अतिक्रमण भएका र भू-माफियाले कब्जा गरेका सरकारी जग्गाहरू पनि सरकारले विधि पुर्‍याएर फिर्ता लिने प्रधानमन्त्री ओलीको  भनाइ छ।

‘ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानबिन थालेको हो। तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरू कराइरहेका छन्’ । प्रतिनिधि मण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रसाशन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओली समक्ष माग  गर्दै एक ज्ञापनपत्र पनि बुझाएको छ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहज रूपमा सेवा दिने  आफ्नो नीति भएकोले इलाका प्रशासन कार्यालय स्थापना गर्न आफू सकारात्मक रहेको बताए। 

IME Remittance