हावाबाट विजुली उत्पादन

पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । एक हजार २०० किलोवाट क्षमतामा हावाबाट बिजुली उत्पादन सफल भएको कुरा समाचारमा अाएकाे छ । 
  गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी अनुसार हावाबाट विद्युत् सेवा दिने गरी काम अन्तिम चरणमा पुगेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा अहिले हावाबाट विद्युत् उत्पादनका लागि पाँच र दश किलोवाट क्षमताका पङ्खा जडान गरिएको छ । विद्युतगृह निर्माण, पोल तथा तार विस्तारको काम तथा घरघरमा ‘वाइरिङ’को काम सकिएको र अब ब्याट्री जडानको काम मात्र बाँकी रहेको समितिले जनाएको छ । साैर्य शक्ति समेतकाे उपयाेग गरेर गाउँलाइ उज्यालाे पारिने कार्यक्रम अघि बढाइकाे छ ।

हावा र सौर्यशक्तिबाट बाह्रै महीना ब्याट्री चार्ज हुने भएकाले विद्युत् जाने समस्या पनि कम हुने गाउँपालिकाले जनाएको छ । यसअघि हावाबाट विद्युत् सेवा हावादारी कुराजस्तो ठाने पनि सेवाप्रवाह राम्रो भएको स्थानीयवासी सन्तवीर सुनारीले बताए ।

स्थानीयवासी उज्यालोमा जीवनयापन गर्न पाउने भएपछि यहाँका बासिन्दा फुरूक्क छन् । पाल्पा सदरमुकामबाट करीब ७० किलोमिटर पूर्व विकट भेग मित्यालमा विद्युत् सेवा नपुगेर अँध्यारोमा बसेका स्थानीयवासी असार मसान्तभित्र हावा र सौर्य ऊर्जाबाट बिजुली बल्छ भन्नेमा ढुक्क छन् ।

( राताेपाटीबाट लिइएकाे समाचार )

IME Remittance