चार किसिमका हनुमान

डा. राजेन्द्र समीर अाफनाे फेस बुक स्टाटसमा लेख्नु हुन्छ ः

डा. रविन्द्र समीर

हरेक पार्टीमा ४ किसिमका हनुमान हुन्छन |

१. खान पाएका हनुमान : बिभिन्न पदमा बसेर ब्रह्मलुट गरेकाहरु |
२. खाने आशामा बसेका हनुमान : बिरोध गर्यो भने खान पाइन्न कि ? बरु चाकडी गर्यो भने मौका आउन सक्छ भन्नेहरु |
३. खाइ न पाइका हनुमान : खान पनि पाउदैनन् तर आफ्नो नेताले सेतोलाई कालो भने पनि कालोको पक्षमा ज्यान फालेर बहस गर्छन |
४. दास हनुमान : मनोवृत्ति नै चाकडी गर्ने, खोक्रो प्रशंशा गर्ने, शक्तिशाली मान्छेको नजिक देखिन लालायित हुन्छन |

यस्तै हनुमानले गर्दा नेताहरु जे बोले पनि हुने, जे गरे पनि हुने तथा आफुलाई देवता ठान्ने प्रवृति मौलाएको हो |

साँचोको पक्षमा लागौं, गलतको बिपक्षमा लागौं, आफ्नो शीर ठाडो गरौँ | उन्मुलन भएको दासप्रथा आफैले ब्युँताउने काम नगरौं | दासको लागि मालिकको कमी हुँदैन |

IME Remittance