नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । सताब्धीपुरुष जोशीले नेपाली बाङमय, संस्कृति र कलाको क्षेत्रमा अतुलनीय योगदान पुराएबापत सो पुरस्कार प्रदान गरिएको हो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले असार पन्द्रगते वहाँलार्इ अभिनन्दन पत्रसहित सम्मान गरेको हो ।
कूलपति के. के कर्माचार्यका अनुसार नेपाल र नेपाली भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुराउनु भएका संस्कृतिविद् जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरिएको हाे । सम्मान कार्यक्रममा बोल्दै अभिनन्दित व्यक्तित्व संस्कृतिविद् जोशीले देश र जनताको हितमा केन्द्रित हुने गरी कला क्षेत्रको विकासमा जुटन ललितकलाकर्मीहरुलाई आग्रह गरे । उनले कलामा सौन्दर्य मात्र नभई मुलुकको समृद्धि, सभ्यता र संस्कृति पनि निहित हुने भएकाले त्यसमा जोड दिएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए । संस्कृतिविद् जोशीले कला क्षेत्रको विकासबाट मुलुकको राष्ट्रिय एकतालाई पनि बलियो बनाउन सकिने स्मरण गराए ।