जीवन शर्मा
जीवन शर्मा
सीमा मिचिएको सुन्दा मेरो रगत सुक्छ
देश खुम्चिएको देख्दा मेरो मन दुख्छ
नालापानी सम्म हाम्रो देश थियो पैले
कालापानी सम्म पनि बचेन खै एैले
टिष्टा सम्म फैलिएको नेपालको सीमा
मेची सम्म आउँदा अझै एतै सर्छ किन
ए नेपाली जंगी जाती इतिहासका बीर
खोइ तिम्रो चौडा छाती खै त्यो उच्च शीर ।
एकताका हात तिम्रा खै के भए आज
लडाइँका साहस तिम्रा कता गए आज
वरिपरि देशको सीमा मिचियो लौ भन्दा
भक्ति थापा भए आज के सहन्थे होला
नदी लुटिएको पढ््दा मेरो नसा सुक्छ
देश खुम्चिएको देख्दा मेरो मन दुख्छ
इतिहासलाई संझ फेरि भविष्यलाई हेर
मुटुभित्र साहस भर कातर आँखा फेर
आउ फेरि गर्ज अब सिंहनाद जस्तै
देशको सीमा बचाउन उठ कम्मर कस्दै
थन्किएका खुकुरीमा नयाँ शान लाउदै
लम्क फेरि नेपाली हो देशको गीत गाउँदै ।