माथिल्लाे कर्णाली नेपालले बनाउनु पर्ने


लामाे समयदेखि विवादमा रहेकाे माथिल्लाे कर्णाली जलविद्युत परियाेजना नेपालले नै बनाउनु पर्ने कुरा स्थानीय जनताले अावाज उठाइरहेका छन । भरत शाहीकाे नेतृत्वमा माथिल्लाे कर्णाली बचाउ अभियान ले विगत करिब एक दशक देखि नै याे अान्दाेलनकाे नेतृत्व गर्दै अाएकाे छ ।

यसै बीच नेकपा (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना सरकार आफैले बनाउनुपर्ने बताएका छन् हिजाे विनायकमा नेकपा अछामले आयोजना गरेको सभामा नेता रावलले याे कुरा बताएका हुन । याे परियाेजना निर्माण गर्न नेपाल सरकारसँग सबै प्रकारकाे क्षमता भएको बताए ।

आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआर कम्पनीलाई जिम्मा दिन नहुने रावलको जिकिर छ । नौ सय मेगावाट क्षमताको सबैभन्दा सस्तोमा निर्माण हुने सम्भावना रहेको अपरकर्णाली आयोजना निर्माणको जिम्मा सरकार आफैले लिएर समयमै सम्पन्न गर्नुपर्ने नेता रावलको भनाइ छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको अपर कर्णाली जलविद्युत् आयोजनालाई तत्काल अगाडि बढाउन सरकार अग्रसर रहनुपर्नेमा नेता रावलको जोड छ । 


नेपाल सरकार सँग पर्याप्त साधन स्राे हुँदा हुँदै लामाे समय सम्म पनि याे परियाेजना भारतकाे बदनाम निर्माण कम्पनी जीएमअारकाे नाममा झुण्डाइराखिएकाे छ ।  माथिल्लाे कर्णाली परियाेजनाकाे क्षमता चारहजार मेघावाट भन्दा बढी छ । तर भारतीय स्वार्थमा याे क्षमतालाइ खुम्च्याएर नाै मेघावाटमा सीमित गरिएकाे छ । यस तर्फ नेपाल सरकारले समयमै उचित ध्यान पुराएर पुन डिपीअार तयार पारी बढी भन्दा बढी क्षमताकाे परियाेजनाकाे रूपमा विकशित गर्न जरूरी छ ।

IME Remittance