शाेभाकर धनञ्जयकाे सम्झना

पातलाे एउटा शरीर थियाे , एकताका हात बढाउँदै थियाे ।
https://www.youtube.com/watch?v=mCfPnRIannM

१. शालिन र भद्र बाल्यकाल
बिहानीले दिउँसो कस्तो हुन्छ भन्ने थाहा हुन्छ । त्यस्तै बाल्यकालले पनि मानिसको यूवा अवस्था कस्तो हुन्छ थाहा पाउन सकिन्छ । बचपनमा सरोज धेरै शालीन , भद्र र गम्भीर हुनुहुन्थ्यो । वहाँ बाल्यकाल मै पढन जाँगर गर्ने र परिश्रमी हुनु हुन्थ्यो । बास्तविक न्वारानको नाम शोभाखर भुसाल हो । तर जान्ने भए पछि कहिल्यै पनि भुसाल भनेर चिनिनु भएन । कुनै थर बिशेषले आफ्नो परिचय नदिनुको कारण वहाँ आफुलाई अरु भन्दा पृथक बनाउनु थिएन । आम सबै भुसाल जस्तै सम्माननीय हुने पनि होइन । अर्घाखाँची जिल्लामा भुसाल स्थानीय स्तरमा सम्मानित परिवार र घरानियाँ हुन । अझै पनि अर्घाखाँची जिल्लामा कुनै न कुनै रुपमा भुसालहरु बिभिन्न पद र प्रतिष्ठामा छन तर सरोज उनीहरु जसरी आफ्नो परिचयबाट सम्मानीत भएर समान हैसियत कायम भएको देख्न चाहानु हुदैन्थ्यो । बि.सं. २००१ साल असार ५ गते पिता तिलकराम भुसाल र माता हरिकला भुसालको दोश्रो सन्तानको रुपमा सन्धीखर्क गा.बि.स.को कुर भन्ने स्थानमा वहाँको जन्म भएको थियो । ग्रामीण जनजीवनमा हुर्कनु भएका सरोजको दैनिकी अन्य बालबाललिकाको भन्दा फरक थिएन । जंगल जाने , गाई चराउने , घाँस पात आदी मै वहाँको बाल्यकाल बितेको हो । त्यसबेला यत्रतत्र बिद्यालयहरु थिएनन । घर मै पिता जी संस्कृतका ज्ञाता हुनुका साथै ज्योतिष भएका कारण सामान्य प्रारम्भिक शिक्षाका लागी स्कुल गई राख्नु पर्ने आवश्यक्ता वहाँलाई परेन । आज्ञाकारी स्वभाव भएका कारण पण्डित पिता बाटै साक्षर हुनु भएको हो । यस बाहेक गाउँमा रहेको प्राथमिक बिद्यालयमा पनि पढनु हुन्थ्यो । पण्डित संस्कार पाउनु भएका सरोजले पछि पनि संस्कृत बाट शास्त्री सम्म अध्ययन गर्नु भयो । जागीर कै सिलसिलामा भारतको गोरखपुर बिश्वबिद्यालय बाट राजनितिशास्त्रमा स्नातक तह उत्तिर्ण गर्नु भएको थियो । यो सबै वहाँको अध्ययन प्रतिको लगनशिलता र मिहिनेतका कारण हो । https://youtu.be/mCfPnRIannM
ब्राम्हण परिवारमा बिशेष गरि दुध र यसबाट बनेका परिकारहरु दहि, घिउ , मोहि खानामा समावेश गरिन्छ । जसमध्ये वहाँको घिउमा बिशेष रुचि थियो । त्यसकारण दिउँसो जंगल घाँसपात र गोठाला जान भन्दा अगाडी वहाँले आफ्नाी माता लाई फर्केर आउँदा घिउले बनेको रोटि खाजा बनाउन भन्नु हुन्थ्यो । जुन वास्तव मै रोटि नभएर छोरालाई भुलाउनका लागी वहाँकि आमाले रोटिको आकारमा घिउलाई पगालेर बनाउनु हुन्थ्यो । जुन सरोजको प्रिय परिकार थियो । सहयोगी स्वभाव सरोजको पछि सम्म पनि रहि रह्यो । बाल्यकालमा सदैव दौंतरीहरु बिच सहयोग गर्ने बानी थियो । कुर भन्ने ठाउँमा बिशेष गरि भुसालहरुको बसोबास रहेको थियो । अझै पनि केहि घरहरु रहेकाछन । त्यहाँ भएका आफ्ना परिवार र दाजु भाई भन्दा अन्यमा पनि वहाँको बिशेष प्रभाव परेको पाउन सकिन्छ । खडका, थापा र केहि दलितहरुको अझै पनि त्यहाँ बसोबास रहेको छ । उक्त समुदायमा अध्ययन र कामको सिलसिलामा बाहिरिए पछि सम्पर्क नभए पनि त्यस परिवारका मानिसहरु वहाँको बाल्यकालको शालिनता र सहयोगी स्वभावको स्मरण गर्छन ।
आम बोलिचालीमा भुसालको र ढुकुरको छोरा भन्ने तुलना गर्ने गरिन्छ । यो आख्यान बास्तवमा यर्थाथपरक पनि छ । किनभने ढुकुर एक पंक्षि हो, जसका सन्तान अन्य पंक्षि भन्दा फरक हुन्छन । पंक्षिहरुमा ढुकुरका सन्तान र बाहुनमा पनि भुसालका सन्तानहरुमा रहेको ह्रदयलाई स्वार्थी माने कै कारण सरोज भुसाल थर लाई परिवर्तन गरि गोत्र बाट प्रारम्भमा चिनिनु भयो । भुसालको गोत्र धनन्जय हो । जसका कारण वहाँले नामका पछाडी धन्नजय लेख्न थाल्नु भएको हो । वहाँलाई बिभिन्न पत्र पत्रिकाहरुमा अझै पनि शोभाखर धनन्जय भनेर चिनिन्छ । राज्य बाट तत्कालिन पन्चायति सरकारले देश निकाला गरे पछि प्रतिबन्धित भई भुमिगत हुन पुगे पछि बल्ल सरोज भनेर चिनिनु भयो । तर पनि भुसाल लेख्नु भएन । अघिल्लो नाम सरोज हुँदा समेत शर्मा लेख्नु भयो तर भुसाल भनेर कहिल्यै चिनिनु भएन । हामी देख्न सक्छौं मानिस आफ्नो जातीय पहिचान लाई महत्वपुर्ण मान्छ । म बाहुन हुँ, क्षेत्री हुँ वा अन्य हुँ साथै आफ्नो थरको बिशेष मौलिकता र परिचय बाट गर्ब महशुस गर्छन । यसको बिपरित वहाँ लाई भुसाल भएकोमा कुनै पश्चाताप त थिएन । तर आम सबै सामान्य सचेत मानिसहरु जस्तै म पनि समान छु भन्ने भावना सरोजमा रहेको कुरा कसैले पनि नकार्न सक्दैन ।
अध्ययनमा रहको लगनशिलताका कारण निम्न माध्यमिक तहको शिक्षाकालागी सरोज गुल्मी जिल्लाको धुर्कोट, वस्तु भन्ने स्थानमा जानु भएको हो । गुल्मी र अर्घाखाँची छिमेकि जिल्ला भएकोले आवत जावत गर्न सजिलो थियो । साथै गुल्मी र अर्घाखाँची जिल्लाका मानिसहरुको रहन सहन र संस्कृतिमा एकरुपता भएको पाउन सकिन्छ । उनीहरु बिच आपसमा सहयोग र सदाचार अझै पनि बिद्यमान छ । निम्न माध्यमिक तहको अध्ययन वहाँका लागी खासै गाह्रो भएन । संस्कृतको ज्ञान घर मै हासिल गरेको कारण पढाईमा अव्वल नै हुनु हुन्थ्यो । बिशेष गरि वहाँको लेखन शैली र नेपाली भाषा ब्याकरणमा अझ बढि दक्षता रहेको थियो । गुल्मीको अध्ययन वहाँको जिवनको पहिलो घर देखि परको बसाई थियो । आफ्ना परिवार देखि टाढाको बसाई थियो । तत्कालिन अवस्थामा अर्घाखाँचीमा निम्न माध्यमिक तहको पठन पाठनका लागी बिद्यालयको अभाव भएका कारण पढाईलाई उच्च तहमा पुरयाउनका लागी वहाँलाई त्यहाँ बाट अन्यत्र जानु परेको हो । ता पनि अनुशासित , सभ्य र लगनशील भई अध्ययन गरेका कारण निम्न माध्यमिक तह पास गरि माध्यमिक तहमा पढन कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित रत्न राज्य मा.बि.मा भर्ना हुनु भयो । तौलिहवामा माध्यमिक तह पढदा युवा अवस्थाको चरणमा प्रवेश गरि सकेका सरोजमा कुनै चन्चलता र उद्धण्डता नरहेको वहाँका समकक्षिहरु बताउँछन । पढाई प्रतिको रुचि र समसामयिक परिस्थितिको सामना गर्ने जोस सरोजमा प्रारम्भ देखि नै थियो । फलस्वरुप माध्यमिक तह पनि राम्रो अंक प्राप्त गरि उत्तिर्ण गर्नु भयो ।
शिक्षा सामाजिक सुधारको महत्वपुर्ण आधार हो । आफुले शिक्षा प्राप्त गर्न ब्यवहोरेका कठिनाईका कारण पछिका दिनमा वहाँले बिभिन्न बिद्यालयहरु खोल्ने काम गरेको बाट थाहा पाउन सकिन्छ । माध्यमिक तह उत्तिर्ण गर्ने तत्कालिन अवस्थामा सिमित ब्यक्तिहरु मात्र हुन्थे । बिद्यालयहरुमा अध्यापन गर्नका लागी प्राथमिक तह पास गरि शैक्षिक तालिम हासील गरे पछि शिक्षक हुन सकिन्थ्यो । तर पनि वहाँ प्रारम्भमा शिक्षकको रुपमा कामको थालनी गर्नु भएको थियो । राजनैतिक सुझबुझ भएको ब्यक्ति भएका कारण सन्धिखर्क स्थित जन ज्योती मा.बि.मा केहि समय शिक्षकको रुपमा पनि काम गर्नु भयो । उक्त समयमा केहि उग्र स्वभावका ब्यक्तिहरुले नियोजित रुपमा कक्षा कोठामा प्रवेश गर्नु भन्दा अगाडी भाँचिएको कुर्सि बिद्यार्थीहरुका अगाडी राखिदिए । सरोज कक्षामा पढाउन गए पछि अध्यापन कै क्रममा उक्त कुर्सिमा बस्नु भयो । भाँचिएको कुर्सिका कारण बिद्यार्थी सामु लडनु भयो । सम्पुर्ण कक्षाका बिद्यार्थीहरु गललल हाँसे । तर वहाँको स्वभाव परिस्थिति लाई सहज रुपमा लिने भएको कारण बिद्यार्थीहरु लाई संयमित हुन लगाउनु भयो । उक्त घटनाको कस्को कारण भएको हो ? किन घटना घटाइयो ? भन्ने सन्दर्भमा बाहिर चर्चा परिचर्चा भयो । तर सरोजले कुनै प्रतिशोधको भावना नराखी परिस्थितिलाई समायोजन गर्नु भयो । जुन वहाँको शालिनता र आत्मसंयम हुन सक्ने क्षमताको बाल्य अवस्थाकै उदाहरणको रुपमा लिन सकिन्छ । अहिलेका पुस्तामा त्यो धैर्यता र संयता भएमा शिक्षा, शिक्षक र समाजको स्थिति पुर्ण परिवर्तन हुन्थ्यो । शिक्षा जस्तो पवित्र सेवास्थलमा समेत घात, प्रतिघात र प्रतिशोधको भावनाले काम गरिन्छ । एउटा शिक्षक सामाजिक परिवर्तनको संवाहक हो । बिद्यालय पबित्र मन्दिर हो । तर खुले आम शिक्षकहरु ब्यापार ब्यवसाय गर्छन । सामाजिक बिकृति र बिसंगतिलाई प्रोत्साहन गर्छन । सामान्य घटनालाई राजननितिक रंग दिई सत्ता र शक्तिको लडाई गर्छन । यस्ता कु कृत्यहरुको अन्त्य गर्न हामीले सरोजको जीवनशैली बाट धेरै पाठ सिक्न सक्छौं ।
शिक्षित ब्यक्ति समाजका अमुल्य गहना हुन । जसले सहि र गलत छुटयाउन सक्छन । कुनै पनि घटनाको सकारात्मक र नकारात्मक प्रभाव पत्ता लगाउन सक्छन । गलत बाटोमा लागेका लाई सहि बाटो बताउन सक्छन । त्यस्तो बिशेष खुबी र योग्यता भएको ब्यक्तिले चाँडै नै अवसर प्राप्त गर्न सक्छ । त्यस्ता ब्यक्ति सजिलै समाजमा प्रिय हुन्छन । यहि बिशेषताका कारण सरोज चाँडै नै लोकप्रिय हुन पुग्नु भएको थियो । समाजमा वहाँको प्रभाव परेको सहजै अनुमान गर्न सकिन्छ । तत्कालीन परिस्थितिमा पढनु पनि सहज थिएन । यातायातको असुबिधा, बिद्यालय भवनको अभाव , सूचना सम्पर्क र पाठयपुस्तक लगायतका शैक्षिक सामाग्रीको प्रयाप्त उपलब्धता नभएको अवस्थामा पनि पठन पाठनलाई निरन्तरता दिनु वहाँको मुलभुत बिशेषता हो । वहाँका समकक्षीहरु कतिपय बनारस जान्थे, मथुरा जान्थे । कोहि कर्म काण्ड पढथे र पुरोहितको काम गर्थे । कोहि संस्कृतमै शैक्षिक योग्यता बढाउन तर्फ लाग्थे । जुन ब्यक्तिले आफुले हासील गरेको ज्ञान ब्यवहारमा प्रयोग गर्छ, त्यो ब्यक्ति लोकप्रिय हुन पुग्छ । त्यस्तो ब्यक्तिले उन्नती प्रगति गर्न सक्छ । जुन बिशेषता सरोजमा थियो । शिक्षा हासिल गरि सके पछि कुनै पनि ब्यक्तिको आँखा खुल्छ । वहाँको ज्ञानको चक्षुले सामाजिक कुरिति, बिकृति र बिसंगती लाई कहिल्यै स्वीकार गरेन । बाल्यकाल बाट रुपान्तरित भई शिक्षा प्राप्त गरि सक्षम हुँदै गरेको अवस्थामा नै देशको परिस्थिति र निरकुंशतन्त्र प्रति बितृष्णा जागेको थियो । जसका बिरुद्ध एक्लै लडने दृढ इच्छा शक्ति सरोजमा थियो ।
समाजमा सबै किसिमको मनस्थिति भएका ब्यक्तिहरु बस्छन । कोहि अनैतिक र अमानवीय कृयाकलाप लाई प्रोत्साहन गर्छन । अवसरको फाइदा उठाउन खोज्छन । त्यस्तै बिकृत मानसिकता भएका ब्यक्तिहरु बाट निष्कलंक र निष्कपट सरोजलाई पढाउँदा पढाउँदै कक्षा कोठामा बिद्यार्थीहरु सामु अपमान गर्ने कोशिस गरिएको थियो । जसलाई वहाँले सहज रुपमा लिनु भयो ।
२. जागीरको यात्रा
सम्पुर्ण नेपाली मध्ये औंलामा गन्न सकिने केहि होलान , जो पढे पछि जागीर नगरि बस्ने । त्यसमा पनि बिशेष गरि ब्यापारिक घरानियाँहरुमा आफ्नै ब्यवसायमा काम गर्ने चलन हुन्छ । गाउँका सामन्तहरु पनि सके सम्म पढि सके पछि पेशा, जागीर तिर लाग्छन । केहि मात्र समाजसेवा वा राजनिति तिर लागेका हुन्छन । यद्धपी आत्मनिर्भर हुने चाहना अध्ययन पश्चात सबैमा रहेको हुन्छ । अझ प्राविधिक शिक्षा लिनेहरु त झन आफ्नो सीप अन्य स्थानमा प्रयोग गरि सके पछि दक्ष भएर मात्र स्वयंको ब्यवसायमा संलग्न हुन्छन । जुन बिशेष गरि अहिलेको पुस्तामा यस्तो प्रबृत्ति देख्न सकिन्छ । जती बेला बिद्यालयहरु नै कम थिए । पढन जाने चलन नै थिएन । त्यति बेला पढेकाहरु त स्वभाविक रुपमा जागीरमा लाग्ने भए । जागीर नगरे सम्म आफ्नो योग्यताको पनि सदुपयोग हुने भएन । सरोजको बास्तविक योग्यता जागीर गर्ने समयमा मा एस. एल.सी. मात्र थियो । यहि योग्यता बाट तत्कालीन श्री ५ को सरकारमा प्रतिस्पर्धा बाटै जिल्ला पन्चायत हाल जिल्ला बिकास समिति भनिन्छ मा मुखिया तहको जागीर शुरु गर्नु भएको हो । वहाँ कर्तब्यनिष्ठ कर्मचारी हुनुहुन्थ्यो । यस मानेमा कि वहाँ सेवाग्राहीका लागी कुशल राष्ट्रसेवक हुनुहुन्थ्यो । अन्य निजामति सेवाका कर्मचारीहरुले जस्तो अनावश्यक बहाना बनाई प्रक्रिया बढाएर जनता लाई दुःख दिने वहाँको स्वभाव थिएन । यहि मुखिया तहको जागीर कै क्रममा उच्च शिक्षालाई निरन्तरता पनि दिनु भएको हो । भारतका कलेजहरुमा फर्म भर्ने स्वाध्ययन गर्ने र परीक्षा दिने गर्नु हुन्थ्यो । राजनितिशास्त्रको पुस्तकहरु सम्बन्धित तहहरुमा अध्ययन गर्दै गर्दा वहाँमा राजनितिक सोंच स्वतः स्फुर्त रुपमा प्रस्फुटन भएको हो । त्यसबेला वहाँको प्रेरक कोहि पनि थिएन । बिशुद्ध किताबको ज्ञानले वहाँलाई मुलुकको राजनितिक अवस्थाका बारेमा जानकारी भएको हो । निरकुंशतन्त्र प्रति सरोज असन्तुष्ट हुनु हुन्थ्यो ।
त्यती बेला नेपाली काँग्रेस बाट प्रजातन्त्रको स्थापनाका लागी गरेको क्रान्तीलाई पनि सामान्य सुनाई र अनुभव बाट बुझ्नु भएको थियो । राष्ट्रमा भई रहेका परिवर्तनहरु वहाँको शैक्षिक योग्यतामा भएको बृद्धि सँग सँगै थिए । जसलाई एक प्रजातन्त्रवादि ब्यक्तिले सहजैे बिश्लेषण गर्न सक्छ । वहाँको सकारात्मक पक्ष भनौं वा नकारात्मक पक्ष भनौं श्री ५ को सरकारको सेवा सँग सँगै वहाँ राजनिति तर्फ पनि लाग्नु भयो । कार्यकुशलता र क्षमता त थियो नै यसको साथै योग्यता समेत भएका कारण जिल्ला पन्चायत अर्घाखाँचीको मुखिया बाट पदोन्नती भई खरिदारको रुपमा रुपन्देहि जिल्ला प्रशासन कार्यालयमा हाजीर हुनु भयो । त्यहाँ रहँदा समेत आफ्नो जिल्लामा छँदा देखि संलग्न हुनु भएको नेपाली काँग्रेस तर्फको झुकावमा कुनै कमी आएन । जागीर सँगै राजनितक गतिबिधि बैठक, छलफलमा सहभागी हुनुहुन्थ्यो । पार्टिका माथिल्लो तहका नेताहरु सँग वहाँको सम्पर्क बढेको थियो । लुम्बिनी अन्चल लगायत पश्चिमका जिल्लाहरुमा वहाँको माध्यमबाट नेपाली काँग्रेसका माथिल्लो तहका निर्देशनहरु कार्यान्वयन गरिन्थ्यो । यी सबै कार्यहरु तत्कालीन अवस्थामा एक स्वतन्त्र ब्यक्तिलाई समेत प्रतिबन्धित थियो भने सरोज त एक सरकारी सेवाको कर्मचारी हुनुहुन्थ्यो । तापनि अदम्य शाहस र इच्छा शक्तिका साथ पार्टिको जिम्मेवारी पुरा गरेको देखिन्छ ।
केहि ब्यक्तिहरु जो राज्यको संचालन प्रणाली प्रति असन्तुष्ट थिए, उनीहरु नै सरोजका सहकर्मीहरु थिए । पन्चायती निरंकुशतन्त्रको बिरोध गर्ने पढे लेखेका ब्यक्तिहरु स्वतः स्फुर्त रुपमा ब्यवस्था बिरोधी थिए । स्थानीय स्तरमा चेतना जगाउनमा यी ब्यक्तिहरुको महत्वपुर्ण भुमिका रहयो । जसमध्यमा सरोज पनि पर्नु हुन्छ । त्यसकारण वहाँ बाट औपचारिक र अनौपचारिक रुपमा प्रशिक्षित थुप्रै ब्यक्तिहरु अर्घाखाँची, कपिलबस्तु , रुपन्देहि , दाङ लगायत नेपाल अधिराज्य भरि छन । ब्यक्तिलाई प्रभाव पार्न सक्ने एउटा बिशेष खुबिका कारण वहाँ लोकप्रिय हुन पुग्नु भएको हो । सामाजिक बेथिति र बिसंगतिका बिरुद्धमा वहाँको धेरै ठूलो असन्तुष्टि थियो । जसलाई वहाँले नम्र र शिष्ट ब्यवहारले ब्यक्त गर्नु हुन्थ्यो । ब्यवहार नम्र भए पनि भित्रि इच्छा शक्ति भने यसका बिरुद्ध क्रान्तिकारी रहेको पाउन सकिन्छ । फलस्वरुप वहाँलाई एउटा जीवनको कठिन बाटो अपनाउनु परेको हो ।
बि.सं. २०२८ सालमा जागीरको सिलसिलामा रुपन्देहि जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहँदाका ताका पम्पेलेटहरु सहित सुरक्षाकर्मीले वहाँ लाई गिरफ्तार गरे । शासन ब्यवस्था बिरुद्धको असन्तुष्टि नै यसको मुलभुत कारण हो । अन्यथा सरकारी सेवामा रहेको ब्यक्तिलाई कुनै मौलिक कारण थिएन । फलस्वरुप पकडाउ गरि जेल चलान गरियो । ३ बर्ष जेल बसि सके पछि वहाँ लाई बि.सं. २०३१ सालमा धरौटीमा रिहा गरियो । तत्कालीन सरकारले राजकाज बिरुद्धको मुद्धा चलायो । वहाँ अदालतमा उपस्थित भएर इजलासमा श्री ५ को सरकारको कार्यशैली प्रति असन्तुष्ट रहेको कुरा प्रत्यक्ष रुपमा ब्यक्त गर्नु भयो । निरंकुशतन्त्र र तानाशाहि प्रबृत्तिको आफुले समर्थन नगर्ने आफ्नो दृष्टिकोण रहेको कुरा उल्लेख गर्नु भयो । यस पछि स्वाभाविक रुपमा वहाँको बिरुद्धमा वारेन्ट जारी गरियो । यस अघि सम्म तारेखमा रिहा हुनु भएको हो । अब भने बाध्य भएर भुमिगत हुनु पर्यो । तत्कालीन सरकारले जुनसुकै स्थानमा भेटे पनि पकडाउ गरि जेल चलान गर्न सक्थ्यो । तथापी जागीरको क्रम अन्त्य भयो । अब सरोज पुर्णकालीन सामाजिक कार्यकर्ता र राजनितिक अभियन्ता हुनु भएको थियो । केहि ब्यक्तिहरु सँग मात्र वहाँको गोप्य भेटघाट हुन्थ्यो । प्रायः एकान्तमा बस्ने र निकटतम ब्यक्ति कहाँ बस्ने गर्नु हुन्थ्यो । कति दिन त यसै जंगलमा बिताउनु भयो ।
पुष माघको चिसो सिरेटोमा एक्लै जंगलमा बस्ने गर्नु हुन्थ्यो । रात परे पछि आफ्ना निकट मित्रहरु कहाँ बसेर आराम गर्नु हुन्थ्यो । एक्लै जंगलमा हिंडदै जंगलका डाँडाँ काँडा वरपर गर्नु हुन्थ्यो । जंगलमा बास हुँदा सालको बिउ, नयाँ पलाएका बिरुवाको पालुवा, कन्दमुलहरु खाएर भोक मेटाउनु हुन्थ्यो । तर पनि कसैको घरमा जाने र खाना खाने, बास माग्ने गर्नु भएन । सिधा गाउँमा बसोबास गर्ने साधारण मानिसहरु बाट कुनै असुरक्षाको भय त थिएन । तर पनि वहाँको स्वभाव आफ्नो कारणले गर्दा कसै माथी कष्ट आइ नपरोस भन्ने थियो । यदि कोहि अपरिचित ब्यक्तिले खाना र बासका लागी आग्रह गरेता पनि झट्ट स्वीकार नगरेको पाइन्छ ।
हाम्रा अहिलेका राजनितिक कार्यकर्ताहरु लाई घर आएमा भब्य स्वागत गर्नु पर्छ । उनीहरुका लागी सफा स्वच्छ र आर्कषक बिछौना तयार गर्नु पर्छ । आफु कहाँ नभए अरु कहाँ बाट ल्याएर भए पनि नयाँ तन्ना बिछयाउनु पर्छ । खानका लागी मिठो परिकार तयार गर्नु पर्छ । घरमा भएको कुखुरा , खसी काटेर खुवाउनु पर्छ । बसेर उसका गफ सुन्नु पर्छ । घरमा आएको आफ्नो ज्वाँईलाई भन्दा बढि सम्मान गर्नु पर्छ । त्यसै कारण बिकृत राजनितीक परिपाटि र सामाजिक स्थितिको शुरुवात भएको हो । यस्तो बिषम परिस्थितिमा हामीले सरोजको सादा जीवन र उच्च बिचार बाट प्रेरणा लिनु जरुरी छ । आफुलाई सामाजिक अभियन्ता र राजनितिक सोच भएको ब्यक्ति ठान्नेहरुले सरल जिवन कस्तो हुन्छ भन्ने सिक्नु जरुरी छ ।
बास्तवमा सरोजले हासील गरेको लोकप्रियता वहाँका दाजुभाई लाई नै सहय भएको थिएन । त्यसैकारण वहाँलाई सदैव असजिलो हुँदै गएको हो । यद्धपी वहाँको सहयोगमा साथीभाई र दाजुभाईले धेरै फाईदा हासिल गरे । जिल्ला स्थित कार्यालयमा रहँदा जिल्ला शिक्षा अधिकारीको सहयोगमा थुप्रैलाई शिक्षक बनाउनु भयो । पढनका लागी भारतका छिमेकि देश भारतका उत्तर प्रदेशका बिभिन्न जिल्लाहरु सिद्धार्थनगर, बाँसी, नौगढ आदि स्थानमा भर्ना गराई यहाँ सम्म कि परीक्षामा चीटको सहयोग गरेर पास गराउनु भयो । तर वहाँको सहयोगको बदलामा कसैले कुनै किसिमको सदभाव देखाएन । अन्तिम अवस्था सम्म कष्टकर जीवन यापन गर्दा समेत कहाँ हुनु हुन्छ ? के गर्नु हुन्छ ? भन्ने चेष्टा गरेनन् ।
जागीरक कै सिलसिलामा वहाँ एक पटक पोखरा अदालतमा हुनुहुन्थ्यो । पण्डित पिता छोरो भेटन अदालत पुग्नु भयो । कार्य ब्यस्तताका कारण वहाँले ढोग्न फुर्सद पाउनु भएन । तत्काल कुरा गर्न पनि अनुकुल परिस्थिति थिएन । सामान्य बाबु छोराको भलाकुसारी भयो । त्यस पछि पिताजी फर्केर घर आउनु भयो । वहाँ लाई छोरो जागीरे भएर पैसा कमाउने भए पछि मलाई आदर गरेन भन्ने भयो । वहाँ धेरै रिसाउनु भयो । त्यस पछि आफ्नै बाल्यकालको शालिन र भद्र छोरालाई म मरे पछि त्यसले मेरो अन्तिम संस्कार गर्न पर्दैन भन्न थाल्नु भयो । संयोग भनौं पण्डित बाबुको मृत्यु हुँदा सरोज निर्वासित जिवन बिताई रहेका थिए । त्यसैले अन्त्यष्टीमा सहभागी भएर अन्तिम संंस्कार गर्ने अवस्था थिएन ।

IME Remittance